२०२६ को विश्वकपमा छनोट हुन नेपाललाई सहज

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी) २०२६ मा हुने विश्वकपको क्षेत्रीय छनोटमा केही नियम परिवर्तन गरेको छ ।

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने २०२६ विश्वकपमा १२ राष्ट्रको छनोट भई सकेको छ । बाँकी रहेका आठ राष्ट्रहरु विभिन्न क्षेत्रीय छनोटबाट छानिएर आउने छन् । जसमा एसिया र एसिया प्यासेफिक क्षेत्रीय छनोटलाई एउटै बनाउँने आइसीसीले नयाँ नियम बनाएको छ । श्रीलंकामा बसेको आइसीसीको बोर्ड बैठकले यस्तो नियम बनाएको हो ।

आइसीसीको नयाँ नियम अनुसार अब एसिया क्षेत्रीय छनोटबाट तीन राष्ट्र छनोट हुनेछन् । अफ्रिका र युरोप छनोटबाट समान दुई दुई तथा अमेरिका छनोटबाट एक राष्ट्र छनोट हुनेछन् ।

विश्वकप २०२६ स्थान बनाईसकेका राष्ट्र :

नवौं संस्करणको विश्वकपको सुपर एटमा पुगेका सात टोली (दक्षिण अफ्रिका, इंग्ल्यान्ड, अफगानिस्तान, अस्ट्रेलिया, अमेरिका, वेस्ट इन्डिज, बंगलादेश), आयोजक (भारत र श्रीलंका) तथा वरियताक्रममा सुपर एटमा स्थानबनाउँन नसकेका तीन टोली (पाकिस्तान, न्युजिल्यान्ड र आयरल्यान्ड) सिधै छनोट भएका छन् ।

कसरी हुन्छ त एसिया तथा एसिया प्यासेफिक छनोट :

एसिया छनोटमा जम्मा आईसीसीको प्रारम्भिक जानकारी अनुसार नौ राष्ट्रको सहभागीता रहने छ । नवौं संस्करणको विश्वकपमा सहभागीता जनाएकाले नेपाल, ओमान तथा पपुवा न्यु गिनी (पिएनजी)ले छनोटमा सिधै स्थान बनाएका छन् । बाँकी राष्ट्र भने उप क्षेत्रीय छनोट चरण पार गरेर आउने छन् ।

उपक्षेत्रीय छनोटबाट आउने छ टोली मुख्य छनोटमा स्थान बनाउँने छन् । एसिया तथा एसिया प्यासेफिक क्षेत्रीय छनोटको शीर्ष तीनमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।

नेपाल कसरी हुन्छ त छनोट :

नेपालले वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको नवौं संस्करणको टी-२० विश्वकपमा सहभागी भएको थियो । नेपाल दशौं संस्करणको विश्वकपमा पनि सहभागी हुन एसिया तथा एसिया प्यासेफिक क्षेत्रीय छनोटको शीर्ष तीनमा रहन जरुरी रहने छ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]