आईपीएल सकिएलगत्तै टि-२० विश्वकप सुरु हुने

२०७८ असार १२, शनिबार ११:०८

२०२१ आईसीसी पुरुष टि-२० विश्वकप अक्टोबर १७ देखि युएईमा सुरु हुने भएको छ। प्रतियोगिताको फाइनल नोभेम्बर १४ तारिखमा खेलिनेछ।

ईएसपीएनक्रिक्इन्फोका अनुसार प्रतियोगिता आईपीएलको फाइनल समाप्त भएको दुई दिनपछि सुरु हुनेछ। आईपीएल २०२१ को बाँकी खेलहरु युएईमा सेप्टेम्बर १९ देखि सुरु हुनेछ जसको फाइनल अक्टोबर १५ मा खेलिनेछ। खेलाडीहरुमा कोभिड-१९ केसहरु देखिएपछि आईपीएल मे महिनाको पहिलो साता स्थगित गरिएको थियो

टि-२० विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन्। भारतमा आयोजना हुनु पर्ने प्रतियोगिता कोरोना महामारीका कारण युएईमा आयोजना गर्न लागिएको हो। तथापी अझै पनि भारतीय क्रिकेट बोर्डले आईसीसीलाई प्रतियोगिता भारतको सट्टा युएईमा आयोजना गर्ने बताएको छैन। तर युएईमा प्रतियोगिता गर्न तयारी सुरु भैसकेकोले युएईमा विश्वकप हुने निश्चित मानिएको छ। जुन २८ तारिखसम्म आईसीसीलाई भारतीय बोर्डले भारतमा विश्वकप आयोजना गर्ने या नगर्ने निर्णय गर्न समय सिमा तोकेको छ।

टि-२० विश्वकप २०२१ मा सहभागी राष्ट्रहरु : भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी

विश्वकपको पहिलो चरणको खेलहरु युएईसंगै ओमानमा पनि खेलिनेछ। पहिलो चरणमा १२ वटा खेल हुनेछन् जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनीलाई सहभागी हुनेछन्। सहभागी ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिनेछ। दुवै समुहबाट उत्कृस्ट उने दुई/दुई टोलि सुपर १२ चरणमा खेल्न छनोट हुनेछन्। सुपर-१२ चरणमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान वरियताको आधारमा स्वतः छनोट भएका हुन्।

दोश्रो चरण अर्थात् सुपर-१२ चरणमा कुल ३० वटा खेलहरु खेलिनेछन् जुन अक्टोबर २४ देखि सुरु हुनेछ। सुपर-१२ चरणमा टिमहरुलाई ६/६ वटा टिमको दुई वटा समुहमा बिभिजन गरिनेछ। खेलहरु युएई, अबुधाबी र शारजाहमा खेलिनेछ। त्यसपछि दुवै समुहको उत्कृस्ट दुई टिमहरुले सेमीफाइनल र त्यसपछि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

टि-२० विश्वकप ओमान र युएईमा आयोजना भएता पनि प्रतियोगिताको आयोजक भने भारतनै मानिने एक आईसीसी अधिकारीले बताएका छन् – “आयोजक राष्ट्र बारे निर्णय महिनाको अन्त्यमा हुनेछ।  प्रतियोगिता जहाँ आयोजना भएता पनि भारतीय क्रिकेट बोर्ड आयोजकको रुपमा हुनेछ।”

नेपाली राष्ट्रिय क्रिकेट टिम २०१९ जुलाईमा सिंगापुरमा आयोजित टि-२० विश्वकप एसिया छनोट प्रतियोगितामा तेश्रो स्थानमा रहेपछि विश्वकप छनोट प्रतियोगिता छनोट हुन समेत असफल भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy