उपाधीका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको उपाधीका लागि भारत र दक्षिण अफ्रिका भिड्दै छन् ।

वेस्ट इन्डिजको बारबाडोसमा हुने फाइनल भिड्न्त नेपाली समय अनुसार शनिबार बेलुका सवा आठमा सुरु हुदैछ ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका यो विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको हो । उसले यसअघि खेलेका आठै खेल जितेको थियो ।

उता, २००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत पनि दक्षिण अफ्रिकालाई हराउँदै उपाधी जित्ने लक्ष्यमा छ । २०१३ देखि आइसीसीको कुनै पनि प्रतियोगिता जित्न नसकेको भारत उपाधीको खडेरी तोड्न चाहन्छ । भारत पनि प्रतियोगितामा अपराजित रहेर फाइनल पुगेको हो ।

भारतले तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि २००७ र २०१४ मा भारतले फाइनल खेलेको थियो ।

दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

भारतले भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई हराउँदै दश बर्ष पछि फाइनल यात्रा गरेको हो ।

टी-२० क्रिकेटमा दक्षिण अफ्रिका र भारत बीच २६ खेल भएका छन् । जसमध्ये भारतले १४ खेलमा र दक्षिण अफ्रिकाले ११ खेलमा जित हात पारेको छ । एउटा खेलको भने नतिजा आएको थिएन ।

टी-२० विश्वकपमा पनि दक्षिण अफ्रिकामाथि भारतको दबदबा छ । दुवै टोली ६ पटक भिडेका छन् जसमा भारतले चार खेल जितेको छ भने दक्षिण अफ्रिकाले दुई खेल जितेको छ ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]