म्यानमारसंग खेल्दै नेपालले टि-२० बिश्वकप छनौटको यात्रा सुरु गर्ने

२०७५ आश्विन १६, मंगलवार २०:१४

  • विकेटनेपाल,असोज १६ 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल बुधबार म्यानमारसंग खेल्दैछ।

प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिम सोमबार मलेसिया पुगीसकेको छ। पहिलो खेल बुधबार १२:१५ बजे नेपाली समयमा सुरु हुनेछ।

एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।

प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नुपर्नेछ। पहिलो खेलमा बुधबार म्यान्मारको सामना गरेपछि नेपालले दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

नेपाली टिममा प्रदिप र शरदको कम्ब्याक

तुलनात्मक रुपमा कमजोर राष्ट्रहरु सहभागी रहे पनि प्रतियोगिताको लागि नेपालले बलियो टोलि छानेको छ।

एसिया कप छनौटमा टिममा रहेका सुबास खकुरेल, सागर पुन, रोहित पौडेल टिममा छैनन्। खकुरेललाई एसिया कप छनौटमा कमजोर प्रदर्शन पछि प्रारम्भिक टिममा राखिएको थिएन भने फर्ममा नरहेका रोहित यु-१९ युथ एसिया कप खेल्न बंगलादेश पुगेका छन्।

Pradeep Airee
Pradeep Airee

टिममा शरद भेसावकर र प्रदिप ऐरिले कम्ब्याक गरेका छन्। शरदले नेदरल्याण्ड एकदिवसीय टुरमा फिल्डिंगको दौरान हातमा चोटको कारण एसिया कप छनौट गुमाएका थिए। प्रदिपले भने ३ बर्षपछि राष्ट्रिय टिममा कम्ब्याक गरेका हुन्। यसै बर्ष जेठमा राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेपछि ऐरी यस एसिया कप छनौट प्रतियोगिताको प्रारम्भिक टोलिमा परे पनि अन्तिम छनौटमा पर्न असफल रहेका थिए। प्रधानमन्त्रि कपमा प्रदीपले १ शतक सहित ३१५ रन बनाउँदै उत्कृस्ट ब्याट्सम्यान बनेका थिए।

नेपाली टिम :- पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह, बसन्त रेग्मी,बिनोद भण्डारी, दिपेन्द्र ऐरि , करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सन्दिप लामिछाने,शरद भेसावकर र सोमपाल कामि
प्रशिक्षक – जगत टमाटा , ब्यबस्थापक/एनालिस्ट – रमन शिवाकोटी, फिजियो – दिनेश भट्ट

कस्तो छ म्यानमार ?

सन् २००६ को एसीसी ट्रफीमा नेपालले पहिलो पटक म्यानमारसंग पहिलो र अन्तिम पटक खेलेको थियो। त्यस बाहेक नेपाली यु-१६ क्रिकेट टिमले गत बर्ष एसीसी यु-१९ ( इस्टर्न रिजन ) मा म्यानमारसंग खेल्नु बाहेक कुनै पनि स्तरको नेपाली टिमले म्यानमारसंग खेलेको छैन।

२००६ मा नेपाली सिनियर टिमले म्यानमारलाई १० विकेटले पराजित गर्दा मात्र १० रनमा म्यानमारलाई समेट्दै नेपालले २ बलमै खेल जितेको थियो। उक्त खेललाई बिश्व क्रिकेटमै सबैभन्दा छोटो खेल मध्येको एक खेलको रुपमा लिईने गरिन्छ।

Myanmar Cricket Team
Myanmar Cricket Team

यस्तै नेपाल यु-१६ टिमले गत बर्ष डिसेम्बरमा एसीसी यु-१९ ( इस्टर्न रिजन ) प्रतियोगितामा म्यानमारलाई ३३७ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा नेपालले निर्धारित ३५ ओभर ३५० रन बनाएको थियो र ३५१ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमार १३ रनमै समेटिएको थियो।

सन् २००६ मा आईसीसीको एफिलीएट सदस्यता पाएको म्यानमारले त्यसपछि सन् २०१७ जुनमा बल्ल एसोसीएट राष्ट्रको मान्यता पाएको हो।

सन् २०१२ देखि २०१७ सम्म म्यानमारले कुनै पनि प्रतियोगितामा सहभागिता जनाएन। २०१७ को दक्षिणपूर्वी एसियन गेम्स प्रतियोगिताको ४ मध्ये १ खेलमा इन्डोनेसीयालाई ४ विकेटले पराजित गर्दै म्यानमारले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy