टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा

२०७८ बैशाख ३१, शुक्रबार ०८:१४

क्रिकेट खेललाई विश्वव्यापीकारण गर्ने प्रयास स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा टिम संख्या बढाएर २० वटा पुर्याउने दिशामा अघि बढेको छ।

२०२१ टि-ट्वान्टी विश्वकप भारतमा अक्टोबरमा आयोजना हुँदैछ जसमा १६ वटा टिमहरु सहभागी हुँदैछन्। ईएसपीएनक्रिक्इन्फोका अनुसार प्रतियोगिताको सन् २०२४ को संस्करणमा टिम संख्या १६ बाट बढाएर २० पुर्याइने दिशामा क्रिकेटको सर्वोच्च संस्था अघि बढेको छ। उक्त सोचका अनुसार प्रतियोगितामा सहभागी २० वटा टिमलाई एउटा समुहमा पाँचवटा टिम रहने गरि ४ वटा समुह बनाएर सुरुवाती चरण खेलाइनेछ।

आईसीसीले टि-ट्वान्टी फर्म्याटलाई क्रिकेट खेललाई विश्वव्यापी बनाउने माध्यमको रुपमा प्रयोग गर्ने सोच अनुरुप यस अघि पनि छलफल गर्दै आएको हो। आईसीसीले महिला प्रतियोगिताहरुमा टिम संख्या बढाउने यस अघि घोषणानै गरिसकेको छ।

तर पछिल्लो समय आईसीसी अन्य फर्म्याटमा पनि टिम संख्या बढाउन सकरात्मक हुँदै आएको छ। ५० ओभरको विश्वकपमा समेत आईसीसी १० बाट १४ वटा टिम बनाउन सकारात्मक देखिएको छ। यस्तै ओलम्पिकमा क्रिकेट संलग्न गराउन, इन्टरकन्टिनेन्टल कप फरक नाममा पुनः संचालन गर्न आईसीसीले पहल थालेको छ।

५० ओभर विश्वकपमा टिम संख्या बढाउन सकरात्मक देखिंदा आईसीसीको सोचमा परिवर्तन स्पस्ट देख्न सकिन्छ। पछिल्लो केहि वर्ष आईसीसीले ५० ओभर विश्वकपमा टिम संख्या सन् २००७ मा १६ वटा बाट सन् २०११ २०१५ मा १४ वटा हुँदै पछिल्लो विश्वकप २०१९ मा १० वटा पुर्याएको थियो। कमजोर टिम हुँदा एकपक्षिय खेल धेरै भएको ब्रोडकाष्टरले गुनासो गरेपछि त्यसलाई कम गर्न टिम संख्या घटाउने निर्णय गरिएको आईसीसीले बताएको थियो।

सन् २०१७ मा आईसीसीको ‘बिग थ्री’ राष्ट्रको शक्ति कटौती पछि त्यसले अन्य देशको विकासलाई सन्तुलित बनाउन भूमिका खेलेको छ। छोटो ब्रोडकाष्ट सम्झौता भन्दा खेलको दीर्घकालीन विकासलाई ध्यान दिनु जरुरि हुन्छ।

यस्ता विषयहरुमा आईसीसीको चिफ एक्जुकेटिभ कमिटिको पछिल्लो बैठकमा छलफल भएका थिए तर ठोस निर्णयहरु भने लिईएको छैन।

आईसीसीको टेस्ट मान्यता नपाएका एसोसिएट राष्ट्रहरु बीच बिगतमा खेलिने लामो फर्म्याटको ४-दिवसीय इन्टर कन्टिनेन्टल कपले गैर टेस्ट राष्ट्रहरुलाई प्रथम श्रेणी क्रिकेटको राम्रो स्तर प्रदान गरेको थियो। अब फरक नाममा इन्टर कन्टिनेन्टल कप पुनः सुचारु हुने कुरा भने पक्का जस्तो भएको छ। सन् २०१५-१७ पछि इन्टरकन्टिनेन्टल कप आयोजना भएको छैन।

नेपाल जस्ता एकदिवसीय राष्ट्रको मान्यता पाएका तथा विश्वकप लिग-२ मा खेलीरहेका राष्ट्रहरुलाई टेस्ट राष्ट्र बन्ने लक्ष्य भेटाउन लामो फर्म्याटको आईसीसीको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न्छ। नेपालले सन् २००५ मा मात्र एक पटक इन्टरकन्टिनेन्टल कप खेलेको थियो जसपछि छनोट हुन असफल रहँदै आएको थियो।

यो पनि पढ्नुस 

https://wicketnepal.com/kushal-icc-pom-chuniye-wnw1/

https://wicketnepal.com/babar-record-pak-win-wn21/

https://wicketnepal.com/ind-team-for-wtc-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy