भारतमा आयोजना हुने भनिएको टि-ट्वान्टी विश्वकप स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै युएईमा सर्ने निश्चित भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीले पिटीआईलाई प्रतियोगिता युएईमा आयोजना हुने जानकारी गरएका हुन्।
विश्वक्रिकेटकको महाकुम्भ अक्टोबर र नोभेम्बरमा आयोजना हुनेछ।
“हामीले अधिकारिक रुपमा आईसीसीलाई टि-२० विश्वकप युएईमा सार्ने सुचित गरिसकेका छौँ। यस बारे विस्तृत जानकारी बाहिर आउदैछ।” गांगुलीले बताए।
जुन महिनाको सुरुवातमा आईसीसीले भारतीय क्रिकेट बोर्डलाई चार हफ्ताको समयसिमा तोक्दै कोरोना महामारीलाई मध्यनजर राखेर भारत आफैले टि-२० विश्वकप आयोजना गर्न सक्ने या नसक्ने बारे निर्णय दिन आदेश दिएको थियो।
खेलाडीहरुमा कोभिड-१९ केसहरु देखिएपछि आईपीएल मे महिनाको पहिलो साता स्थगित गरिएको थियो। आईपीएको बाँकी खेलहरु समेत युएईमा सेप्टेम्बर-अक्टोबरमा आयोजना हुनेछ।
आईपीएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म आयोजना भएलगत्तै टि-२० विश्वकप सुरु हुने बताईएको छ।अक्टोबर १७ देखि टि-२० विश्वकप सुरु हुने बताईएको छ। दुवै प्रतियोगिताको अधिकारिक मिति भने घोषणा गरिएको छैन।
टि-२० विश्वकप २०२१ मा सहभागी राष्ट्रहरु : भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी
टि-२० विश्वकपमा १६ राष्ट्र सहभागी हुँदैछन् जसको पहिलो चरणको खेलहरु युएईसंगै ओमानमा पनि खेलिने बताईएको छ। पहिलो चरणमा १२ वटा खेल हुनेछन् जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनीलाई सहभागी हुनेछन्। सहभागी ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिनेछ। दुवै समुहबाट उत्कृस्ट उने दुई/दुई टोलि सुपर १२ चरणमा खेल्न छनोट हुनेछन्। सुपर-१२ चरणमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान वरियताको आधारमा स्वतः छनोट भएका हुन्।
दोश्रो चरण अर्थात् सुपर-१२ चरणमा कुल ३० वटा खेलहरु खेलिनेछन् जुन अक्टोबर २४ देखि सुरु हुनेछ। खेलहरु युएई, अबुधाबी र शारजाहमा खेलिने बताईएको छ। सुपर-१२ चरणमा टिमहरुलाई ६/६ वटा टिमको दुई वटा समुहमा बिभिजन गरिनेछ। त्यसपछि दुवै समुहको उत्कृस्ट दुई टिमहरुले सेमीफाइनल र त्यसपछि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।