यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ ।

नवौं संस्करणको यस विश्वकपमा पहिलो पटक २० देशको सहभागीता रहनेछ । २००७ बाट सुरु भएको टी-२० विश्वकपको पहिलो संस्करणमा, २००९ मा भएको दोस्रो संस्करणमा, २०१० मा भएको तेस्रो संस्करण र २०१२ मा भएको चौथो संस्करणमा समान १२१२ राष्ट्रको सहभागीता रहेको थियो । २०१४ को पाँचौं, २०१६ को छैटौं, २०२१ को सातौं र २०२२ को आठौं संस्करणमा समान १६१६ राष्ट्रको सहभागीता रहेको थियो ।

यस पटक देखि विश्वकपमा पहिलो चरण र दोस्रो चरणको व्यवस्था नभई सहभागी २० राष्ट्रलाई चार समूहमा बिभाजन गरिएको छ । यस विश्वकपमा समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका तथा समूह बी मा इंग्ल्यान्ड, अस्ट्रलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका छन् ।

विश्वकपमा २० राष्ट्रको छनोट

२०२२ मा अष्ट्रेलियामा आयोजना भएको टी-२० विश्वकपमा शीर्ष आठमा पर्न सफल टोली (अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, पाकिस्तान, नेदरल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिका), आयोजक वेस्ट इन्डिज र अमेरिका तथा १४ नोभेम्बर २०२२ सम्मको आइसीसीको टी-२० अन्तराष्ट्रियको वरीयताका शीर्ष २ टोली ( बंगलादेश र अफगानीस्तान ) जुन राष्ट्र अष्ट्रेलिया विश्वकपको शीर्ष आठमा अटाएका थिएनन् ।

युरोप क्षेत्रबाट आयरल्यान्ड र स्कटल्यान्ड र ईष्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनी, एसिया क्षेत्रिय छनोटबाट नेपाल र ओमान ,अफ्रिकी क्षेत्रबाट युगान्डा र नामिबिया र अमेरिका क्षेत्रबाट क्यानडा छनोट भएका थिए ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]