महिला राष्ट्रिय क्रिकेट टिम बंगलादेश प्रस्थान

Nepal womens cricket team

युएईमा नोभेम्बर २२ तारिख देखि आयोजना हुने महिला टि-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टिम बिहिबार बिहान बंगलादेशतर्फ प्रस्थान गरेको छ।

बंगलादेशमा नेपाली महिला टिमले नोभेम्बर ४ देखि ११ तारिखसम्म ४ वटा अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपाली टिमले बंगलादेशको ‘ए’ टिम लगायत बंगलादेश राष्ट्रिय क्रिकेटर सम्मिलित टिमहरुसंग अभ्यास खेल खेल्नेछ भने अन्य दिन अभ्यास पनि गर्नेछ।

बंगलादेश भ्रमण पछि नेपाली टिम स्वदेश फर्किएपछि नेपाली टिम नोभेम्बर १४ तारिखमा नेपालबाट टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार प्रस्थान गर्ने तालिकाछ। कतारमा नेपाली टिमए नोभेम्बर १६, १७ र १८ तारिखमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। नेपाली महिला राष्ट्रिय टिमले खेल्ने उक्त सिरिज पहिलो अन्तर्राष्ट्रिय सिरिज हुनेछ। उक्त सिरिज पछि कतारबाटै टिम युएई प्रस्थान गर्नेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेल्न लागेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) द्वारा घोषित खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ। यस्तै दोश्रो खेल सोहि मैदानमा नोभेम्बर २३ तारिखमा भुटानसंग, तेश्रो खेल नोभेम्बर २५ तारिखमा कुवेतसंग आईसीसी एकेडेमी मैदान ( १ ) मा, चौंथो खेल मलेसियासंग सोहि मैदानमा नोभेम्बर २६ तारिखमा तथा पाँचौ खेल नोभेम्बर २८ तारिखमा आईसीसी एकेडेमी मैदान ( २ ) मा खेल्नेछ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले गत साता १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ। रुबिना क्षेत्री कप्तानीको टिममा कविता जोशीले पहिलो पटक स्थान बनाउन सफल भएकी छिन्। मिडियम पेसर जोशीले गत वर्ष पुषमा दाङमा आयोजित प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिता सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राम्रो प्रदर्शन गरेकी थिईन्। त्यस क्रममा उनले बागमती प्रदेश बिरुद्ध ह्याट्रिक समेत लिएकी थिईन्। पछिल्लो पटक २०१९ मा राष्ट्रिय टिममा रहेकी विश्वकीर्तिमानि बलर अन्जली चन्द, शान्ति खतिवडा यो पटक टिममा छैनन्। यस्तै ममता चौधरी र रोमा थापालाई वैकल्पिकको सूचीमा समाबेश गरिएको छ।

नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा  बैकल्पिक खेलाडी : सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]