मलान टि२० वरियताको शिर्षमा

२०७७ भाद्र २४, बुधबार १५:१७

इंग्ल्यान्ड ब्याट्सम्यान दवीड मलान आईसीसीद्वारा जारि पुरुष टि-२० अन्तर्राष्ट्रिय वरियताको शिर्ष स्थानमा उक्लेका छन्। अस्ट्रेलिया बिरुद्ध इंग्ल्यान्डले २-१ ले टि-२० सिरिज जित्दा ३३ वर्षीय बायाँ हाते ब्याट्सम्यान वरियतामा ४ स्थान उक्लेका हुन्। सिरिजमा मलानले सिरिजकै सर्वाधिक कूल १२९ रन बनाएका थिए जुन क्रममा पहिलो खेलमा ६६ रन बनाउदै प्लेयर अफ द म्याच समेत चुनिएका थिए। दोश्रो टि-२० मा ४२ तथा तेश्रो टि-२० मा उनले २१ रन बनाएका थिए।

तेश्रो नम्बरमा ब्याटिंग गर्ने मलानले शिर्ष स्थानमा पुग्न पाकिस्तानका कप्तान बाबर आजमलाई ८ रेटिंग अंकले पछि पारेका छन्। मलानको ८७७ अंक तथा आजमको ८६९ अंक रहेको छ। आजमले इंग्ल्यान्ड बिरुद्ध टि-२० सिरिजमा ५६ रन २१ रन बनाएका थिए।

२०१७ मा दक्षिण अफ्रीका बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका मलानले पहिलो खेलमा ४४ बलमा ७८ रन बनाएका थिए। उनले कुल १६ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा १ शतक र ७ अर्धशतक प्रहार गर्दै ६८२ रन बनाएका छन्। यस क्रममा उनले ४८.७१ को औशत र १४६.६६ को स्ट्राइक रेटले रन बनाएका छन्।  दोश्रो स्थानमा पुगेका २६ वर्षीय आजमले ४१ टि-२० मा ४९.९३ को औशतमा १४ अर्धशतक मद्दतले १,५४८ रन बनाएका छन्। बाबरको स्ट्राइक रेट मलानको भन्दा कम १२७.९३ रहेको छ।

अर्को तर्फ अस्ट्रेलियाका कप्तान जसले सिरिजमा १२५ रन बनाएका थिए उनि वरियतामा तेश्रो स्थानमा कायमै रहेका छन्। यस्तै ग्लेन म्याक्सवेल पनि छैठौं स्थानमा यथावत रहेका छन्। अलराउण्डरतर्फको वरियतामा अफगानिस्तानका मोहम्मद नाबी भन्दा १ स्थान तल रहँदै दोश्रो स्थानमा रहेका छन्।

वरियतामा इंग्ल्यान्डका जोनी बेयरस्टो जोस बटलरले पनि प्रगति गरेका छन्। बेयरस्टो ३ स्थान माथि उक्लने क्रममा करियरकै उत्कृस्ट १९ औं स्थानमा पुगेका छन् जसले अस्ट्रेलिया बिरुद्ध सिरिजमा कूल ७२ रन बनाएका थिए। अर्कोतर्फ २ खेलमा १२१ रन बनाएर सिरिजकै उत्कृस्ट खेलाडी चुनिएका बटलर ४० औं स्थानबाट २८ औं स्थानमा पुगेका छन्।

बलर वरियता

इंग्ल्यान्ड लेग स्पिनर आदील राशिद सिरिजमा ६ विकट लिएपछि २ स्थान सुधार गर्दै सातौँ स्थानमा उक्लेका छन्। यस्तै कूल ५ विकेट लिएका अस्ट्रेलियाका बायाँ हाते स्पिनर एस्टन एगर तेश्रो स्थानमा कायमै रहेका छन्। राशिद खान पहिलो र मुजिब उर् रहमान दोश्रो स्थानमा यथावत रहेका छन्। अस्ट्रेलियाका फास्ट बलर केन रिचर्डसन वरियतामा पहिलो पटक शिर्ष १० स्थानमा पुग्न सफल भएका थिए जसले सिरिजमा ४ विकेट लिएका थिए। मिचेल स्टार्क ७ स्थान माथि उक्लने क्रममा १८ औं स्थानमा रहेका छन्।

अस्ट्रेलिया शिर्षमा

पहिलो दुइ टि-२० मा पराजित भएपछि तेश्रो टि-२० मा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेपछि अस्ट्रेलिया पुनः टिम वरियताको पहिलो स्थानमा उक्लेको छ। खेल अघि दुवै टिमको २७३ अंक रहेता पनि दशमलबको फरकले इंग्ल्यान्ड अघि रहेको थियो। तेश्रो खेलको जित पछि अस्ट्रेलियाको २७५ अंक रहेको छ भने इंग्ल्यान्ड ४ अंकले पछि रहेको छ।

https://wicketnepal.com/eng-vs-aus-3rd-t20-mr-wn20/

https://wicketnepal.com/2nd-low-total-cpl-history-w20/

https://wicketnepal.com/sandeep-wicketless-first-time-wn20/

https://wicketnepal.com/yuvraj-might-play-big-bash-wn20/

https://wicketnepal.com/10-players-ipl-orange-cap-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy