टि-२० विश्वकप : न्युजिल्यान्ड र अफगानिस्तानले बाँडे अंक

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत  समुह ‘१’ को न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल टस समेत नभई रद्द भएको छ।

मेलबर्न क्रिकेट ग्राउण्डमा लगातार वर्षाको कारण खेल रद्द हुँदा दुवै टिमले १/१ अंक बाँडेका छन्।

१ अंक पाएपछि समुह ‘१’ अंकतालिकामा न्युजिल्यान्ड ३ अंक सहित शिर्ष स्थानमा छ। २ खेलमा १ अंक बटुलेको अफगानिस्तान छैठौं स्थानमा छ। २ खेलमा १ जित र १ हार बेहोरेपछि समान १ अंक रहेता पनि नेट रन रेटको आधारमा श्रीलंका, इंग्ल्यान्ड, आयरल्याण्ड र अस्ट्रेलिया क्रमशः दोश्रो देखि पाँचौ स्थानमा छन्।

आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले अस्ट्रेलियालाई ८९ रनले पराजित गरेको थियो। अफगानिस्तान पहिलो खेलमा इंग्ल्यान्डसंग ५ विकेटले पराजित भएको थियो।

आज सम्पन्न आयरल्याण्ड र इंग्ल्यान्ड बीचको पहिलो खेल पनि वर्षाले प्रभावित भएको थियो। डीएलएस मेथडमा आयरल्याण्डले इंग्ल्यान्ड बिरुद्ध ऐतिहासिक जित दर्ता गर्न सफल रह्यो।

विश्वकप अन्तर्गत बिहिबार तिन वटा खेल हुनेछन्। बिहान ८:४५ बजे दक्षिण अफ्रीका र बंगलादेश, दिउँसो १२:४५ बजे भारत र नेदरल्याण्ड तथा बेलुका ४:४५ बजे पाकिस्तान र जिम्बाब्वे प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]