टि-२० विश्वकप : श्रीलंकाको हातमा इंग्ल्यान्ड र अस्ट्रेलियाको भविष्य

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘१’ को अन्तिम खेल श्रीलंका र इंग्ल्यान्ड बीच हुँदैछ। खेल सिड्नी क्रिकेट ग्राउण्डमा नेपाली समय दिउँसो १:४५ बजे सुरु हुनेछ।

समुह ‘१’ बाट न्युजिल्यान्डले सेमीफाइनलमा स्थान पक्का गरिसक्दा श्रीलंका, आयरल्याण्ड र अफगानिस्तानको सम्भावना समाप्त भैसकेको छ। अस्ट्रेलिया र इंग्ल्यान्ड मध्ये एउटा टिम सेमीफाइनल पुग्नेछ जसको तय श्रीलंका र इंग्ल्यान्डको खेलले गर्नेछ।

समीकरण स्पस्ट छ। यदी इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरे इंग्ल्यान्ड सेमीफाइनल पुग्नेछ। यदी श्रीलंका विजयी भए अस्ट्रेलिया सेमीफाइनल पुग्नेछ। त्यसैले इंग्ल्यान्डको लागि श्रीलंकासंगको खेल ‘गर या मर’ को अवस्थाको छ। अस्ट्रेलियासंग खेलको नतिजा कुर्नु बाहेक बिकल्प छैन।

प्रतियोगिता इंग्ल्यान्डले पाकिस्तान र अफगानिस्तानलाई पराजित गर्दा आयरल्याण्डसंग पराजित भएको थियो। अस्ट्रेलियासंगको खेल भने नतिजाविहिन रहेको थियो।

श्रीलंकाले अफगानिस्तान र आयरल्याण्डलाई पराजित गरेता पनि अस्ट्रेलिया र न्युजिल्यान्डसंग पराजित भएको थियो। अन्तिम खेलको जित श्रीलंकालाई सेमीफाइनल पुग्न पर्याप्त छैन। न्युजिल्यान्ड र अस्ट्रेलिया दुवैको ७ अंक रहेकोले जितले श्रीलंकाको ६ अंक मात्र हुनेछ।

अंकतालिका 





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]