टि-२० विश्वकप : श्रीलंकाको हातमा इंग्ल्यान्ड र अस्ट्रेलियाको भविष्य

अस्ट्रेलियामा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘१’ को अन्तिम खेल श्रीलंका र इंग्ल्यान्ड बीच हुँदैछ। खेल सिड्नी क्रिकेट ग्राउण्डमा नेपाली समय दिउँसो १:४५ बजे सुरु हुनेछ।

समुह ‘१’ बाट न्युजिल्यान्डले सेमीफाइनलमा स्थान पक्का गरिसक्दा श्रीलंका, आयरल्याण्ड र अफगानिस्तानको सम्भावना समाप्त भैसकेको छ। अस्ट्रेलिया र इंग्ल्यान्ड मध्ये एउटा टिम सेमीफाइनल पुग्नेछ जसको तय श्रीलंका र इंग्ल्यान्डको खेलले गर्नेछ।

समीकरण स्पस्ट छ। यदी इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरे इंग्ल्यान्ड सेमीफाइनल पुग्नेछ। यदी श्रीलंका विजयी भए अस्ट्रेलिया सेमीफाइनल पुग्नेछ। त्यसैले इंग्ल्यान्डको लागि श्रीलंकासंगको खेल ‘गर या मर’ को अवस्थाको छ। अस्ट्रेलियासंग खेलको नतिजा कुर्नु बाहेक बिकल्प छैन।

प्रतियोगिता इंग्ल्यान्डले पाकिस्तान र अफगानिस्तानलाई पराजित गर्दा आयरल्याण्डसंग पराजित भएको थियो। अस्ट्रेलियासंगको खेल भने नतिजाविहिन रहेको थियो।

श्रीलंकाले अफगानिस्तान र आयरल्याण्डलाई पराजित गरेता पनि अस्ट्रेलिया र न्युजिल्यान्डसंग पराजित भएको थियो। अन्तिम खेलको जित श्रीलंकालाई सेमीफाइनल पुग्न पर्याप्त छैन। न्युजिल्यान्ड र अस्ट्रेलिया दुवैको ७ अंक रहेकोले जितले श्रीलंकाको ६ अंक मात्र हुनेछ।

अंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy