T20WC : रिजवान र जमानको अर्धशतक, फाइनल पुग्न अस्ट्रेलियालाई चुनौतिपूर्ण लक्ष्य

टि-ट्वान्टी विश्वकप २०२१ को दोश्रो सेमीफाइनलमा पाकिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो सेमीफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाउदै अस्ट्रेलियालाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पाकिस्तानको ब्याटिंगमा मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै फखर जमानले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ५५ रन बनाए। कप्तान बबर आजमले ३४ बलमा ५ चौका मद्दतले ३९ रन बनाए।

रिजवानले बाबर आजमसंग ७१ रनको ओपनिंग साझेदारी गरे .दशौँ ओभरमा आजमलाई एडम जाम्पाले क्याच आउट पारे। दोश्रो विकेटको लागि रिजवान र जमानले ७३ रनको साझेदारी गरे। अठारौं ओभरमा रिजवानलाई मिचेल स्टार्कले क्याच आउट पारे। उन्नाईसौं ओभरमा प्याट कमिन्सले खाता नखोली आसिफ अलिको विकेट लिए भने ओभरमा मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा स्टार्कले शोयब मलिकको विकेट लिए जसपछि जमानले २ छक्का प्रहार गरे। अन्तिम ५ ओभरमा पाकिस्तानले ३ विकेट गुमाउदा ५९ रन बनायो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक २ विकेट ( ४-०-३८-२ ) लिए भने प्याट कमिन्स ( ४-०-३०-१ ) र एडम जाम्पाले ( ४-०-२२-१ ) समान एक विकेट लिए।

पाकिस्तान सुपर-१२ चरणको सबै ५ खेलमा जित दर्ता गर्दै समुह ‘२’ को विजेताको रुपमा सेमीफाइनल पुगेको हो। यस क्रममा उसले भारतलाई १० विकेटले, न्युजिल्यान्ड र अफगानिस्तानलाई समान ५ विकेटले, नामिबियालाई ४५ रनले तथा स्कटल्याण्डलै ७२ रनले पराजित गर्यो।

अस्ट्रेलिया सुपर-१२ चरणमा ५ मध्ये ४ खेलमा जित दर्ता गर्दै समुह ‘१’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको अस्ट्रेलियाले अन्य खेल जित्ने क्रममा दक्सिना अफ्रीकालाई ५ विकेटले , श्रीलंकालाई ७ विकेटले तथा वेस्टइन्डिज र बंगलादेशलाई समान ८ विकेटले पराजित गर्यो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]