T20WC : भारत-स्कटल्याण्ड बीच खेलमा बनेका ३ ठूला कीर्तिमान

टि-ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार सम्पन्न सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारतले स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्यो। स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले ६.३ ओभरमै भेटायो। खेलमा बनेका तिन ठूला कीर्तिमानहरु यस प्रकार रहेका छन् –

१. भारतले ८१ बल बांकी रहँदै स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य पछ्यायो। बल बाँकी रहेको आधारमा भारतको यो जित उसको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै ठूलो जित हो। यस अघि भारतको ठूलो जित सन् २०१६ एसिया कपमा युएई बिरुद्ध थियो जुन खेलमा युएईले दिएको ८२ रनको लक्ष्य भारतले ५९ बल बाँकि हुँदै जितेको थियो। यस्तै यो जित टि-ट्वान्टी विश्वकप इतिहासकै बल बाँकी रहेको आधारमा तेश्रो ठूलो जित हो। सबैभन्दा ठूलो जित श्रीलंकाको नाममा रहेको छ जसले २०१४ मा नेदरल्याण्डले दिएको ४० रनको लक्ष्य ९० बल बाँकी रहँदै जितेको थियो। दोश्रो ठूलो जित अस्ट्रेलियाको नाममा रहेको छ जसले बंगलादेशले दिएको ७४ रनको लक्ष्य ८२ बल बाँकी रहँदै पछ्याएको थियो।

२. केएल राहुलले खेलमा मात्र १८ बलमा अर्धशतक पुरा गरे जुन टि-ट्वान्टी विश्वकप इतिहासकै चौंथो छिटो तथा भारतको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो छिटो अर्धशतक हो। टि-२० विश्वकपमा सबैभन्दा छिटो अर्धशतक भारतकै युवराज सिंहले २००७ मा इंग्ल्यान्ड बिरुद्ध १२ बलमा बनाएका थिए। युवराजको उक्त अर्धशतक टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा छिटो अर्धशतक हो। स्टेफेन माइबर्गले १७ बलमा तथा ग्लेन म्याक्सवेलले १८ बलमा सन् २०१४ टि-२० विश्वकपमा अर्धशतक बनाएका थिए।

३. स्कटल्याण्ड बिरुद्ध लक्ष्य पछ्याउने क्रममा भारतले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर ८२ रन बनायो। पावरप्लेमा उक्त रन भारतको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै सर्वाधिक रन हो। यस अघि भारतको पावरप्लेमा सर्वाधिक रन २०१८ मा दक्षिण अफ्रीका बिरुद्ध ७८ रन थियो।





थप समाचार

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]