T20WC : आज समुह ‘२’ अन्तर्गतका दुई खेल हुँदै

युएईमा जारी टि-२० विश्वकप २०२१ अन्तर्गत आज बुधबार सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को दुई वटा खेल हुँदैछन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने दिनको पहिलो खेलमा ३:४५ बजे दिउँसो न्युजिल्यान्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन्। यस्तै दिनको दोश्रो खेल भारत र अफगानिस्तान बीच राति ७:४५ बजे शेख जायद स्टेडियम अबुधाबीमा खेलिनेछ।

पाकिस्तानसंग ५ विकेटले पराजित भएपछि दोश्रो खेलमा भारतलाई ८ विकेटले पराजित गरेको न्युजिल्यान्ड लयमा देखिएको छ। अर्कोतर्फ स्कटल्याण्ड अफगानिस्तानसंग पहिलो खेलमा १३० रनले तथा दोश्रो खेलमा नामिबियासंग ४ विकेटले पराजित भएको थियो। सेमीफाइनल सम्भावना बलियो बनाउन न्युजिल्यान्ड आज चुक गर्ने पक्षमा छैन। समुह चरणमा राम्रो प्रदर्शन गरेको स्कटल्याण्ड ठूलो टिमलाई आश्चर्य दिंदै आफुलाई प्रमाणित गर्न चाहन्छ।

हेड टु हेड : दुई टिम बीच इतिहासमा मात्र एक पटक भेट भएको छ। सन् २००९ को टि-२० विश्वकपमा न्युजिल्यान्डले स्कटल्याण्डलाई ७ विकेट ले पराजित गरेको थियो।

न्युजिल्यान्डको सम्भावित ११ : मार्टिन गप्टिल, डेरेल मिचेल, केन विलियमसन ( कप्तान ) , जेम्स निशम, डेभोन कनवे ( विकेटकिपर ) , ग्लेन फिलिप्स, मिचेल स्यान्टर, इश सोढी, टिम साउदी, एड म मिल्ने, ट्रेन्ट बोल्ट

स्कटल्याण्डको सम्भावित ११ : कायल कोट्जर ( कप्तान ) , जर्ज मुनसे, म्याथु क्रस ( विकेटकिपर ) , कलम म्याकलोयड, रिची बेरिंगटन, माइकल लिस्क, क्रिस ग्रिभ्स, मार्क वाट, जोश डेभे, सफ्यान सरिफ, ब्राडले व्हिल

पाकिस्तानसंग १० विकेटले तथा न्युजिल्यान्डसंग ८ विकेटले पराजित भएको भारतको सेमीफाइनल पुग्ने झिनो सम्भावना अझै बाँकी छ। त्यसको लागि कम्तिमा आज अफगानिस्तानलाई र त्यसपछि बाँकि २ खेल पनि राम्रो अन्तरले जित्नु पर्नेछ। अर्कोतर्फ अफगानिस्तान सहज प्रतिद्वन्द्वी हैन। अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले तथा नामिबियालाई ६२ रनले सहजै पराजित गर्दा पाकिस्तानसंग प्रतिस्पर्धात्मक खेलमा ५ विकेटको हार बेहोरेको थियो। आज अफगानिस्तान विजयी भएको खण्डमा सेमीफाइनल सम्भावना बलियो हुनेछ।

हेड टु हेड : दुई टिम बीच हालसम्म टि-२० अन्तर्राष्ट्रियमा दुई पटक भेट भएको छ। २०१० टि-२० विश्वकपमा भारत ७ विकेटले तथा २०१२ टि-२० विश्वकपमा भारत २३ रन ले विजयी भएको थियो। अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा भेट हुँदा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो।

भारतको सम्भावित ११ : इशान किशन, केएल राहुल, रोहित शर्मा, बिराट कोहली ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ), हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, जस्प्रित बुम्राह , वरुण चक्रवर्ती

अफगानिस्तानको सम्भावित ११ : हज्रतुल्लाह जजाई, मोहम्मद शाहजाद ( विकेटकिपर ), रहमनुल्लाह गुर्बज, उस्मान घानी, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी ( कप्तान ), गुल्बदिन नैब, राशिद खान , करिम जनत/मुजिब उर् रहमान, हमिद हसन, नभिन उल हक

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]