युएईमा जारी टि-ट्वान्टी विश्वकपको सातौं संस्करण अन्तर्गत शुक्रबार सुपर-१२ चरणका दुई खेल हुँदैछन्।
समुह ‘१’ अन्तर्गत खेलमा शारजाह स्टेडियममा वेस्टइन्डिज र बंगलादेश दिउँसो ३:४५ बजे खेल हुनेछ। यस्तै समुह ‘२’ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय स्टेडियममा अफगानिस्तान र पाकिस्तान बीच रातिको ७:४५ बजे खेल हुनेछ।
वेस्टइन्डिज र बंगलादेश अघिल्लो दुवै खेलमा पराजित भएका थिए जसकारण आज दुवै टिमको लागि समुहको शिर्ष-२ मा स्थान बनाउदै सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्न जित अत्यावश्यक छ। आज पराजित भएको खण्डमा सेमीफाइनल यात्रा निकै कठिन हुनेछ। वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसंग ६ विकेटले तथा दोश्रो खेलमा दक्षिण अफ्रीकासंग ८ विकेटले पराजित भएको थियो। सुपर-१२ चरणको पहिलो खेलमा बंगलादेश श्रीलंकासंग ५ विकटले तथा इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको थियो।
हेड टु हेड ( बंगलादेश VS वेस्टइन्डिज ) : दुई टिम टि-२० अन्तर्राष्ट्रिय इतिहासमा ११ पटक आमनेसामने भएका छन् जसमा ६ पटक वेस्टइन्डिज र ५ पटक बंगलादेश विजयी भएको छ। टि-२० विश्वकपमा भएको दुई भेटमा दुवै टिमले एक/एक खेल जितेका छन्।
बंगलादेशको सम्भावित ११ : लिटन दास/सौम्य सरकार, मोहम्मद नैम, शाकिब अल हसन, मुस्फिकुर रहिम, महमुदुल्लाह, अफिफ होसेन, नुरुल हसन, मेहदी हसन, नसुम एहमद/शमिम होसेन, मुस्तफिजुर रहमान, शोरिफुल इश्लाम
वेस्टइन्डिजको सम्भावित ११ : इभिन लुइस, क्रिस गेल, लेन्डल सिमोन्स/रोस्टन चेज, शिमरन हेटमायर, निकोलस पुरन, काईरन पोलार्ड, आन्द्रे रसेल, ड्वेन ब्राभो, जेसन होल्डर/ओशेन थोमस, अकेल होसेन, रभी रामपौल
चिर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको पाकिस्तानले सोहि लय कायम राख्दै दोश्रो खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्यो। लगातार तेश्रो जित दर्ता गरेको खण्डमा पाकिस्तानको सेमीफाइनल यात्रा लगभग सुनिश्चित हुनेछ। स्कटल्याण्ड र नामिबियासंगको खेल मात्र बाँकी रहने हुनाले पाकिस्तान सेमीफाइनल पुग्न ठूलो दबाबमा छैन। अर्कोतर्फ अफगानिस्तान स्कटल्याण्ड बिरुद्ध १३० रनको विशाल जित दर्ता गर्दै शानदार सुरुवात गरेता पनि वास्तविक परिक्षा पाकिस्तानसंगको खेलले हुनेछ। पाकिस्तानलाई पराजित गर्ने हो भने अफगानिस्तान पनि सेमीफाइनलको दावेदारी प्रस्तुत गर्नेछ।
हेड टु हेड : दुई टिम बीच इतिहासमै मात्र एक पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भेट भएको छ। २०१३ मा भएको उक्त खेलमा पाकिस्तानले एक बल बाँकी रहंदा ६ विकेटको जित दर्ता गरेको थियो।
अफगानिस्तानको सम्भावित ११ : हज्रतुल्लाह जजाई, मोहम्मद शहजाद, रहमनुल्लाह गुर्बज, नजीबुल्लाह जद्रान, अस्घर अफ्घान, मोहम्मद नाबी, गुल्बदीन नैब, राशिद खान, करिम जनत, नभिन उल हक्, मुजिब उर् रहमान
पाकिस्तानको सम्भावित ११ : बाबर आजम, मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफिज, शोयब मलिक, असिफ अलि, इमाद वासिम, शदाव खान, हसन अलि, शाहिन अफ्रिदी, हरिस रौफ
टि-२० विश्वकपको अंकतालिका

