T20WC : वेस्टइन्डिज बिरुद्ध अस्ट्रेलियाको विशाल जित, सेमीफाइनल सम्भावना बलियो

वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। सुपर-१२ चरणको अन्तिम खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई पराजित गर्दै पाँचौ खेलमा चौंथो जित दर्ता गरेको हो।

शेख जायद स्टेडियम, अबुधाबीमा वेस्टइन्डिजले दिएको १५८ रनको लक्ष्य अस्ट्रेलियाले २ विकेट गुमाएर १६.१ ओभरमै पुरा गारो। अस्ट्रेलियाको लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ५४ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै मिचेल मार्शले ३२ बलमा ५ चौका र २ छक्का मद्दतले ५३ रन बनाए।

वार्नरले फिंचसंग ३३ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि मार्शसंग १२५ रनको साझेदारी गरे। मार्शलाई सोह्रौं ओभरमा क्रिस गेलले क्याच आउट पारे। वेटइन्डिज बलर क्रिस गेल ( १-०-७-१ ) र अकेल होसेनले ( ४-०-२९-१ ) ले समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १५७ रन बनाएको थियो। वेस्टइन्डिजको ब्याटिंगमा कप्तान काईरन पोलार्डले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। इभिन लुइसले २९, शिमरन हेटमायरए २७, आन्द्रे रसेलले अविजित १८, क्रिस गेलले १५ रन तथा ड्वेन ब्राभोले १० रन बनाए। ३५ रनमा ३ विकेट गुमाएको अवस्थामा लुइस र हेटमायरले ३५ रनको तथा त्यसपछि पोलार्ड र ब्राभोले ३५ रनको साझेदारी गरे। अन्तिममा रसेलले आक्रामक सटहरु खेले।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुडले सर्वाधिक ४ विकेट ( ४-०-३९-४ ) लिंदा मिचेल स्टार्क ( ४-०-३३-१ ) , प्याट कमिन्स ( ४-०-३७-१) र एडम जाम्पाले ( ४-०-२०-१ ) समान एक विकट लिए।

अंकतालिका र सेमीफाइनल समीकरण 

आजै हुने दोश्रो खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई पराजित गरेको खण्डमा समुह ‘१’ को दोश्रो स्थानमा रहँदै अस्ट्रेलिया सेमीफाइनल पुग्नेछ। दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई पराजित गरेको खण्डमा भने नेट रन रेटको आधारमा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीका मध्ये दुई टिम सेमीफाइनल पुग्नेछ। दक्षिण अफ्रीकाले इंग्ल्यान्डलाई ६० रनको अन्तरले पराजित गरे नेट रन रेटमा अस्ट्रेलियालाई जित्नेछ। दक्षिण अफ्रीकाले इंग्ल्यान्ड बिरुद्ध पहिले ब्याटिंग गर्दै १६० रन बनाएको खण्डमा इंग्ल्यान्डलाई ९९ रनमा सिमित पार्नुपर्नेछ।  अस्ट्रेलियाको नेट रन रेट +१.२१६ रहेको छ भने दक्षिण अफ्रीकाको +०.७४२ रहेको छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]