असफलताको कारण के बताउछन् भारतीय बलिंग प्रशिक्षक

भारतीय क्रिकेट टिमका बलिंग प्रशिक्षक भरत अरुणले टि-२० विश्वकप २०२१ मा भारतको असफलताको पछाडी टस तथा बायो बबलको थकानलाई दोष दिएका छन्। पाकिस्तान र भारतसंग पछि पर्दै भारत सेमीफाइनल पुग्न असफल रह्यो। अक्टोबर १५ तारिखमा आईपीएल सकिएपछि भारतले अक्टोबर २४ तारिख देखि विश्वकप अभियान सुरुवात गरेको थियो।

“६ महिनासम्म लगातार घर बाहिर राखेर खेल्न कठिन थियो। उनीहरुले आईपीएल ( मेमा ) स्थगित हुँदा छोटो ब्रेक मात्र पाए।” नामिबियासंग सुपर-१२ चरणको अन्तिम खेल खेल्नु अघि अरुणले बताए। “उनीहरु ६ महिना देखि बबलमा छन् जसले धेरै असर गर्यो। त्यसैले यदी आईपीएल र विश्वकप बीचमा छोटो मात्रै ब्रेक भएको भए खेलाडीहरुको लागि धेरै राम्रो हुन्थ्यो।”

भारतीय क्रिकेट टिमका खेलाडीहरुले जुन महिनामा न्युजिल्यान्डसंग वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलेपछि इंग्ल्यान्ड बिरुद्ध ४ वटा टेस्ट तथा युएईमा आईपीएल खेल्यो। आईपीएल सकिएको ३ दिनमै टि-२० विश्वकप सुरु भएको थियो।

अरुणले टसले समेत भारतको हारमा ठूलो भूमिका खेलेको बताए- “टसले ठूलो भूमिका खेल्यो र मलाई लाग्छ यस्तो ठूलो खेलहरुमा टसले यति ठूलो भूमिका खेल्नु हुँदैन। पहिलो र दोश्रो इनिंग्समा ब्याटिंग गर्नुमा ठूलो भिन्नता थियो। छोटो फर्म्याटमा यस्तो हुनु हुँदैन।” भारतले पाकिस्तान र न्युजिल्यान्डसंग दुवै खेलमा टस हारेर पहिले ब्याटिंग गरेको थियो जुन खेलमा पहिलो इनिंग्समा भन्दा दोश्रो इनिंग्समा शितको कारण ब्याटिंग गर्न सहज भएको अरुणको भनाई थियो।

भारत ९ वर्ष पछि पहिलो पटक आईसीसीको इभेन्टमा सेमीफाइनल पुग्न असफल भएको हो। सन् २०१२ को टि-२० विश्वकपमा भारत सुपर-८ चरणबाट बाहिर भएको थियो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]