नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टी-२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा गरेको छ।
नेपालले दोस्रो चरणको बन्द प्रशिक्षण भारतको बेंगलुरुमा गर्नेछ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को सहयोगमा बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा यही जुलाई २१ देखि अगस्ट ३ सम्म दोस्रो चरणको बन्द प्रशिक्षण सञ्चालन हुनेछ।
पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका १२ खेलाडीले भने नेपालमै अभ्यास गर्ने क्यानको भनाइ छ।
स्टार स्पिनरद्वाय सन्दिप लामिछाने, ललित राजबंशी, अनुभवी फास्ट बलर सोमपाल कामि लगायत १२ जना सदस्यहरु भने देशमै अभ्यासमा व्यस्त हुनेछन्।
भारत नजाने १२ सदस्यहरु : सन्दिप लामिछाने, गुल्सन झा, बसिर अहमद, किरन ठगुन्ना, करन केसी, सोमपाल कामि, ललित राजबंशी, कमल सिंह ऐरी, मोहम्मद आदील आलम, पवन सर्राफ, शेर मल्ल, अर्जुन घर्ति
भारत जाने २० सदस्यीय टिम :
- कुशल भुर्तेल (Kushal Bhurtel)
- आसिफ शेख (Aasif Sheikh)
- लोकेश बम (Lokesh Bam)
- रोहित पौडेल (Rohit Paudel)
- अनिल शाह (Anil Sah)
- भिम शार्की (Bhim Sharki)
- आरिफ शेख (Aarif Sheikh)
- दीपेन्द्र सिंह ऐरी (Dipendra S. Airee)
- कुशल मल्ल (Kushal Malla)
- रुपेश सिंह (Rupesh Singh)
- बिबेक यादव (Bibek Yadav)
- रिजन ढकाल (Rijan Dhakal)
- प्रतिश जीसी (Pratis GC)
- नन्दन यादव (Nandan Yadav)
- युवराज खत्री (Yuvraj Khatri)
- शाहब आलम (Sahab Alam)
- सन्दीप जोरा (Sundeep Jora)
- सागर ढकाल (Sagar Dhakal)
- आकाश चन्द (Akash Chand)
- शुभ कंसाकार (Shub Kansankar)
