T20WC : रोहित र राहुलको अर्धशतक, नामिबिया बिरुद्ध भारतको सहज जित

नामिबिया बिरुद्ध विशाल जित दर्ता गर्दै भारतले टि-ट्वान्टी विश्वकप २०२१ को सुखद अन्त्य गरेको छ। यो संगै भारतको टि-२० अन्तर्राष्ट्रिय कप्तानको रुपमा बिराट कोहली र भारतको प्रशिक्षकको रुपमा रभी शास्त्रीको कार्यकाल पनि समाप्त भएको छ। कोहलीले विश्वकप पछि भारतको टि-२० कप्तानी छाड्ने घोषणा गरेका थिए भने शास्त्रीलाई भारतको प्रशिक्षकको रुपमा अब राहुल द्रविडले प्रतिस्थापन गर्नेछन्।

प्रतियोगिताको पहिलो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले अफगानिस्तान, स्कटल्याण्ड र नामिबियालाई पराजित गरेता पनि ६ अंक सहित समुह ‘२’ को तेश्रो स्थानमा रहँदै सेमीफाइनल पुग्न असफल रह्यो। नामिबियाले स्कटल्याण्डसंग जित दर्ता गर्दा अन्य ४ खेलमा हार बेहोर्यो। पाकिस्तान र न्युजिल्यान्ड समुह ‘२’ बाट सेमीफाइनल पुगीसकेका छन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले १५.२ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो। भारतीय ओपनर रोहित शर्माले ३७ बलमा ७ चौका र २ छक्का मद्दतले सर्वाधिक ५६ रन बनाए। यस्तै केएल राहुलले अविजित ५४ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। सुर्यकुमार यादवले अविजित २५ रन बनाए।

ओपनर रोहित र राहुलले ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। रोहित दशौँ ओभरमा जान फ्राईलिंकबाट क्याच आउट भएपछि राहुल र यादवले अविजित ५० रनको साझेदारी गरे।

टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट क्षेतीमा १३२ रन बनाएको थियो। उसको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए। ओपनर लिंगेन र बार्डले ३३ रनको साझेदारी नामिबियाको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतीय बलर रभीचन्द्रन आश्विन ( ४-०-२०-३ ) र रभीन्द्र जडेजा ( ४-०-१६-३ ) ले समान तिन विकेट लिंदा जस्प्रित बुम्राहले २ विकेट ( ४-०-१९-२ ) लिए।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]