देशको लागि अन्तिम खेल खेलेपछि ब्राभोले के भने

अस्ट्रेलियासंग ८ विकेटको हारसंगै वेस्टइन्डिजले टि-ट्वान्टी विश्वकप २०२१ यात्रा समाप्त गर्यो। त्यो संगै ड्वेन ब्राभोको शानदार टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट यात्रा पनि समाप्त भएको छ। वेस्टइन्डिज अलराउण्डरले आफ्नो करियरमा दुई वटा टि-२० विश्वकपको साथै विश्वकप एघारौं सर्वाधिक विकेटकर्ता को रुपमा करियर अन्त्य गरे। टि-२० फ़्रेन्चाइज् लिगलाई निरन्तरता दिएता पनि ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका छन्।

“केहि वर्ष अघिनै रिटायर लिने सोच थियो तर नेतृत्वमा परिवर्तनले गर्दा मनसाय परिवर्तन भयो। म आफु रमाउन्जेलसम्म वेस्टइन्डिजलाई उच्च स्थानमा पुर्याउन योगदान दिन चाहन्थे।” ब्राभोले खेल पछि बताए। “पोलार्ड र म बीच विस्तृतमा कुराकानी भएको थियो जुन क्रममा उनले मलाई छोटो फर्म्याटमा पुनरागमन गर्न अनुरोध गरे जुन मेरो विशेषता थियो। र उनीहरुले मलाई पुनः खेल्ने अवसर दिए जसको लागि म धन्य छु।”

ब्राभोले यो नै सन्यास लिने उपयुक्त समय भएको जसले युवा खेलाडीहरुलाई बाटो खोल्ने बताए – “मलाई लाग्छ यो नै सहि समय हो बाहिरिने र नयाँ पुस्ता र युवा खेलाडीहरुलाई पालो दिने। म उनीहरुलाई मेरो अनुभव बाट्ने सदैव प्रास गर्नेछु र आशा छ उनीहरुले पन १२-१८ वर्ष लामो योगदान दिन सकुन्।”

देशको लागि अन्तिम खेलमा ब्राभोले १० बलमा १२ रन बनाए भने ४ ओभरमा ३६ रन खर्चंदा विकेटविहिन रहे। जाँदा जाँदै उनले आफ्नो क्षमता चिनेर विश्वस्तरीय खेलाडी बनाउन योगदान दिने व्यक्तिहरुलाई सम्झिए –

“म चार्ल्सलाई धन्यवाद दिन चाहन्छु जसले मेरो प्रतिभा म ६ वर्षको हुँदा चिने। मलाई थाहा छैन उनले मलाई चिनेर मौका नदिएको भए म कहाँ हुन्थे। सानो उमेरमा वहाँले मलाई अनुशाशन सिकाउनु भयो र मैले खेललाई माया गर्न सिके। चार्ल्स तपाई जहाँ हुनु भएता पनि मेरो हृदय देखि धन्यवाद, मेरो परिवारको तर्फबाट पनि”

ब्राभोले सन्यास पछि प्रशिक्षकको रुपमा करियर सुरुवात गर्ने विश्वास व्यक्त गरे – “म प्रशिक्षकको रुपमा पुनरागमन गर्न चाहन्छु। क्रिकेटले मलाई सर्वस्व दिएको छ। मलाई जुन खेलले यति धेरै दिएको छ त्यो खेललाई अवस्य फिर्ता गर्न चाहन्छु।”

३८ वर्षीय ब्राभोले वेस्टइन्डिजको लागि ४० टेस्ट, १६४ एकदिवसीय र ९१ टि-२० मा प्रतिनिधित्व गरे। त्यसक्रममा उनले टेस्टमा २२०० रन तथा ८६ विकेट, एकदिवसीयमा २,९६८ रन र  १९९ विकेट तथा टि-२० मा १२५५ रन र ७८ विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]