टि-२० विश्वकप : सुपर-१२ चरण पुग्ने चार टिम पक्का, यी हुन् बाहिरिने ४ टिम

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको दोश्रो चरण अर्थात् सुपर १२ चरण पार गर्ने चारवटा टिमको टुंगो लागेको छ।

शुक्रबार सम्पन्न दुई खेलमा वेस्टइन्डिजलाई पराजित गर्दै आयरल्याण्ड तथा स्कटल्याण्डलाई पराजित गर्दै जिम्बाब्वे सुपर-१२ चरण प्रवेश गरेका छन्। समुह ‘बि’ को विजेताको रुपमा आयरल्याण्ड र उपविजेताको रुपमा जिम्बाब्वेले सुपर-१२ मा स्थान पक्का गर्यो। यस अघिनै समुह ‘ए’ बाट समुह विजेताको रुपमा श्रीलंका र उपविजेताको रुपमा नेदरल्याण्ड सुपर-१२ प्रवेश गरिसकेका छन्। दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज सहित नामिबिया, युएई र स्कटल्याण्ड दोश्रो चरण पुग्न असफल रहे।

सुपर-१२ चरणमा भएका १२ टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा श्रीलंका र आयरल्याण्ड सहित अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्ड छन्। समुह ‘बि’ मा नेदरल्याण्ड र जिम्बाब्वे सहित बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रीका छन्। सुपर-१२ चरणमा सबै टिमले एकअर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

सुपर-१२ चरणको खेलहरु शनिवार सुरु हुनेछ। पहिलो खेलमा दिउसो १२:४५ बजे आयोजक अस्ट्रेलिया र न्युजिल्यान्ड तथा दोश्रो खेलमा बेलुका ४:४५ बजे अफगानिस्तान र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।

जिम्बाब्वेको जित 

सुपर-१२ चरण प्रवेश गर्न गर या मरको खेलमा जिम्बाब्वेले स्कटल्याण्डलाई ५ विकेटले हरायो। स्कटल्याण्डले दिएको १३३ रनको लक्ष्य जिम्बाब्वेले ९ बल बाँकी छंदा भेटायो।

लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेको लागि कप्तान क्रेग इर्भिनले ५८ रन तथा सिकन्दर राजाले ४० रन बनाए। ४२ रनमा ३ विकेट गुमाएको अवस्थामा इर्भिन र राजाले चौंथो विकेटको लागि ६४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। स्कटल्याण्ड बलर जोश डेभीले २ तथा ब्राड व्हिल, मार्क वाट र माइकल लिस्कले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको स्कटल्याण्डले ओपनर जर्ज मुनसेको ५४ तथा कलम म्याकलोएडको २५ रन मद्दतले ६ विकेट गुमाएर १३२ रन बनायो। जिम्बाब्वे बलर टेन्डाई चतारा र रिचर्ड नगरभाले २/२ विकेट तथा ब्लेसिंग मुजुराबानी र सिकन्दर राजाले १/१ विकेट लिए। अलराउण्ड योगदान बापत राजा प्लेयर अफ द म्याच घोषित भए।

वेस्टइन्डिज बाहिरियो

वेस्टइन्डिजलाई ९ विकेटले पराजित गर्दै आयरल्याण्ड अस्ट्रेलियामा जारी टि-२० विश्वकपको सुपर-१२ चरणमा प्रवेश गरेको छ। दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो चरणबाट घर फर्किने भएको छ। वेस्टइन्डिज पहिलो खेलमा स्कटल्याण्डसंग पराजित हुँदा दोश्र खेलमा जिम्बाब्वेलाई पराजित गरेको थियो।

होबार्टमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १४७ रनको लक्ष्य आयरल्याण्डले मात्र १ विकेट क्षेतीमा १७.३ ओभरमै भेटायो। आयरल्याण्डले पहिल खेलमा जिम्बाब्वे र दोश्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो।

आयरल्याण्ड ओपनर पल स्टरलिंग र एन्डी बालबर्नीले ७३ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। कप्तान बालबर्नी ३७ रन बनाएर आउट भएपछि स्टरलिंगले लोर्कन टकरसंग ७७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। स्टरलिंगले अविजित ६६ रन बनाए जुन क्रममा ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। टकरले ३५ बलमा २ चौका र २ छक्का मद्दतले ४५ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० भरमा ५ विकेट क्षेतीमा १४६ रन बनायो। उसको लागि ब्रेण्डन किंगले सर्वाधिक ६२ रन बनाए। जोन्सन चार्ल्सले २४, ओडेन स्मिथले १९ तथा इभिन लुइस र निकोलस पुरनले समान १३ रन बनाए। आयरल्याण्ड बलर गेरेथ डेलानिले ३ विकेट तथा ब्यारी म्याकार्थी र सिमि सिंहले १/१ विकेट लिए।

समुह ‘बि’ अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्ड र जिम्बाब्वे प्रतिस्पर्धा गर्दैछन् जुन खेलको विजेता टिम सुपर-१२ चरण प्रवेश गर्नेछ। समुह ‘ए’ बाट श्रीलंका र नेदरल्याण्ड सुपर-१२ चरण प्रवेश गरिसकेका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]