T20 World Cup Final : अस्ट्रेलिया टस जितेर फिल्डिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम-११

२०७८ कार्तिक २८, आईतवार १९:२३

टि-ट्वान्टी विश्वकपको उपाधिको लागि न्युजिल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अस्ट्रेलियाले टस जितेर न्युजिल्यान्डलाई पहिले ब्याटिंगको निम्तो दिएको छ।

अस्ट्रेलियाले सेमीफाइनलमा खेलेको टिमलाई मैदानमा उतारेको छ।

अस्ट्रेलियाको अन्तिम ११ : डेभिड वार्नर, आरोन फिन्च ( कप्तान ) , मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथु वेड ( विकेटकिपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड

न्युजिल्यान्डले घाइते डेभोन कनवेको स्थानमा टिम सेफर्टलाई खेलाएको छ।

न्युजिल्यान्डको अन्तिम ११ : मार्टिन गप्टिल, डेरेल मिचेल, केन विलियमसन ( कप्तान ) , टिम सेफर्ट ( विकेटकिपर ) , ग्लेन फिलिप्स, जेम्स निशम, मिचेल स्यान्टनर, एडम मिल्ने, टिम साउदी, इश सोढी, ट्रेन्ट बोल्ट

टि-२० विश्वकपको सातौँ संस्करणले आज नयाँ विजेता पाउनेछ। दुवै टिमले टि-२० विश्वकपको उपाधि जितेका छैनन्।

सेमीफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले तथा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटलेनै पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy