T20WC : भारतलाई पराजित गर्ने अफगानिस्तान पेसर हसनको विश्वास

टि-२० विश्वकपको सेमीफाइनल पुग्ने लक्ष्य सहित अघि बढेको अफगानिस्तान आफ्नो चौंथो खेलमा खराब लयमा रहेको भारतसंग बुधबार राति प्रतिस्पर्धा गर्दैछ। ४ अंक सहित अफगानिस्तान समुह ‘२’ को दोश्रो स्थानमा छ भने भारत लगातार दुई हारपछी समुह चरणबाटै घर फर्कने बाटोमा छ। यसै बीच अफगानिस्तानका फास्ट बलर हमिद हसनले भारतलाई पराजित पराजित गर्ने विश्वास व्यक्त गरेका छन्।

हसनका अनुसार यदी पहिले ब्याटिंग गरेको खण्डमा राम्रो योगफल बनाउन सके अफगानिस्तानले भारतलाई पराजित गर्नेछ – “हामीसंग भारत बिरुद्ध राम्रो अवसर छ। यदी हामीले बोर्डमा राम्रो योगफल बनाउन सके हामि बलिंग र फिल्डिंगले पनि पराजित गर्न सक्छौं।”

“विकेट कस्तो हुनेछ त्यो अनुसार हाम्रो योजना हुनेछ। खेल अघि सबै कुरा स्पस्ट हुँदैन। तर हामि खेलमा आफ्नो शत प्रतिशत दिने छौँ , फास्ट बलिंग होस् या स्पिन। हाम्रो योजना सेमीफाइनल पुग्नु हो र एक पटकमा एउटा खेल मात्र सोचीरहेका छौँ।” अफगानिस्तानको लागि २३ टि-२० अन्तर्राष्ट्रिय खेलेका पेसरले बताए।

“अफगानिस्तान निकै राम्रो टिम हो। हाम्रो ब्याटिंग, बलिंग र फिल्डिंग निकै सुधार भएको छ। हामीसंग विश्वकै उत्कृस्ट स्पिनरहरु मोहम्मद नाबी , राशिद खान र मुजिब उर् रहमान छन्। यो एउटा पूर्ण टिम छ। “तपाई हाम्रो माथिल्लो क्रम हेर्नुहुन्छ भने उनीहरुले कहिले चल्छन् कहिले चल्दैनन्। तर राम्रो पक्ष हाम्रो मिडिल अर्डरले रन बनाइरहेको छ। विशेष रुपमा हाम्रो कप्तानले ( नाबी )।” नामिबिया बिरुद्ध ३ विकेट लिएका हसनले खेल अघि पत्रकार सम्मेलनमा बताए।

“सुखद खबर के हो भने हामीले अहिलेसम्म सबै विकेट गुमाएका छैनौँ र ५/६ ब्याट्सम्यान मात्र अहिलेसम्म आउट भएका छन् तर हामीसंग ९ नम्बरसंग ब्याट्सम्यान छ। अर्को कुरा सबै ब्याट्सम्यान ठूलो प्रहार गर्न सक्छन्। राशिद खानले अहिलेसम्म ब्याटिंगनै पाएका छैनन्।” ३४ वर्षीय पेसरले बताए।

भारत र अफगानिस्तान बीच हालसम्म टि-२० अन्तर्राष्ट्रियमा दुई पटक भेट भएको छ। २०१० टि-२० विश्वकपमा भारत ७ विकेटले तथा २०१२ टि-२० विश्वकपमा भारत २३ रन ले विजयी भएको थियो। अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा भेट हुँदा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]