T20WC : भारतलाई पराजित गर्ने अफगानिस्तान पेसर हसनको विश्वास

२०७८ कार्तिक १७, बुधबार ०९:५५

टि-२० विश्वकपको सेमीफाइनल पुग्ने लक्ष्य सहित अघि बढेको अफगानिस्तान आफ्नो चौंथो खेलमा खराब लयमा रहेको भारतसंग बुधबार राति प्रतिस्पर्धा गर्दैछ। ४ अंक सहित अफगानिस्तान समुह ‘२’ को दोश्रो स्थानमा छ भने भारत लगातार दुई हारपछी समुह चरणबाटै घर फर्कने बाटोमा छ। यसै बीच अफगानिस्तानका फास्ट बलर हमिद हसनले भारतलाई पराजित पराजित गर्ने विश्वास व्यक्त गरेका छन्।

हसनका अनुसार यदी पहिले ब्याटिंग गरेको खण्डमा राम्रो योगफल बनाउन सके अफगानिस्तानले भारतलाई पराजित गर्नेछ – “हामीसंग भारत बिरुद्ध राम्रो अवसर छ। यदी हामीले बोर्डमा राम्रो योगफल बनाउन सके हामि बलिंग र फिल्डिंगले पनि पराजित गर्न सक्छौं।”

“विकेट कस्तो हुनेछ त्यो अनुसार हाम्रो योजना हुनेछ। खेल अघि सबै कुरा स्पस्ट हुँदैन। तर हामि खेलमा आफ्नो शत प्रतिशत दिने छौँ , फास्ट बलिंग होस् या स्पिन। हाम्रो योजना सेमीफाइनल पुग्नु हो र एक पटकमा एउटा खेल मात्र सोचीरहेका छौँ।” अफगानिस्तानको लागि २३ टि-२० अन्तर्राष्ट्रिय खेलेका पेसरले बताए।

“अफगानिस्तान निकै राम्रो टिम हो। हाम्रो ब्याटिंग, बलिंग र फिल्डिंग निकै सुधार भएको छ। हामीसंग विश्वकै उत्कृस्ट स्पिनरहरु मोहम्मद नाबी , राशिद खान र मुजिब उर् रहमान छन्। यो एउटा पूर्ण टिम छ। “तपाई हाम्रो माथिल्लो क्रम हेर्नुहुन्छ भने उनीहरुले कहिले चल्छन् कहिले चल्दैनन्। तर राम्रो पक्ष हाम्रो मिडिल अर्डरले रन बनाइरहेको छ। विशेष रुपमा हाम्रो कप्तानले ( नाबी )।” नामिबिया बिरुद्ध ३ विकेट लिएका हसनले खेल अघि पत्रकार सम्मेलनमा बताए।

“सुखद खबर के हो भने हामीले अहिलेसम्म सबै विकेट गुमाएका छैनौँ र ५/६ ब्याट्सम्यान मात्र अहिलेसम्म आउट भएका छन् तर हामीसंग ९ नम्बरसंग ब्याट्सम्यान छ। अर्को कुरा सबै ब्याट्सम्यान ठूलो प्रहार गर्न सक्छन्। राशिद खानले अहिलेसम्म ब्याटिंगनै पाएका छैनन्।” ३४ वर्षीय पेसरले बताए।

भारत र अफगानिस्तान बीच हालसम्म टि-२० अन्तर्राष्ट्रियमा दुई पटक भेट भएको छ। २०१० टि-२० विश्वकपमा भारत ७ विकेटले तथा २०१२ टि-२० विश्वकपमा भारत २३ रन ले विजयी भएको थियो। अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा भेट हुँदा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy