T20WC : भारतद्वारा अफगानिस्तानलाई विशाल लक्ष्य, रोहित र राहुलको कीर्तिमानी साझेदारी

युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारत र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियम अबुधाबीमा टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा २ विकेट क्षेतीमा २१० रन बनाउदै अफगानिस्तानलाई २११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यो योगफल टि-२० विश्वकप इतिहासमा भारतको दोश्रो ठूलो योगफल हो भने विश्वकप इतिहासकै छैठौं ठूलो योगफल हो। यस अघि भारतको सर्वाधिक योगफल २१८ थियो जुन इंग्ल्यान्ड बिरुद्ध २००७ मा बनाएको थियो।

भारतको लागि रोहित शर्माले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे भने केएल राहुलले ४८ बलमा ६ चौका र २ छक्का मद्दतले ६९ रन बनाए। यस्तै हार्दिक पान्ड्याले अविजित ३५ रन बनाए जुन क्रममा १३ बलमा ४ चौका र २ छक्का तथा रिशभ पन्तले १३ बलमा १ चौका र ३ छक्का मद्दतले अविजित २७ रन बनाए। कप्तान बिराट कोहली भने ब्याटिंग गर्न उत्रेनन्।

रोहित र राहुलले पहिलो विकेटको लागि १४० रनको कीर्तिमानी साझेदारी गरे। टि-ट्वान्टी विश्वकप इतिहासमा यो भारतको सर्वाधिक ओपनिंग साझेदारी हो। यस अघि सन् २००७ मा विरेन्द्र सेहवाग र गौतम गम्भीरले १३६ रनको साझेदारी सर्वाधिक थियो। पन्ध्रौँ ओभरमा रोहितलाई करिम जनतले क्याच आउट तथा सत्रौं ओभरमा राहुललाई गुल्बदिन नैबले बोल्ड गर्दै अफगानिस्तानलाई खेलमा फर्काए। तर त्यसपछि रिशभ पन्त र हार्दिक पान्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र २१ बलमा ६३ रनको साझेदारी गरे। अन्तिम ५ ओभरमा भारत ले १ विकेट गुमाएर ६८ रन बनायो।

अफगानिस्तानको बलिंगमा गुल्बदिन नैब ( ४-०-३९-१ ) र करीम जनत ( १-०-७-१ ) ले समान एक विकेट लिए।

प्रतियोगिताको पहिलो र दोश्रो खेलमा क्रमशः पाकिस्तानसंग १० विकेटले तथा न्युजिल्यान्डसंग ८ विकेटले पराजित भएको भारतको सेमीफाइनल पुग्ने झिनो सम्भावना अझै बाँकी छ। त्यसको लागि कम्तिमा आज अफगानिस्तानलाई र त्यसपछि बाँकि २ खेल पनि राम्रो अन्तरले जित्नु पर्नेछ भने न्युजिल्यान्डको हारको पनि कामना गर्नुपर्नेछ। अर्कोतर्फ अफगानिस्तान सहज प्रतिद्वन्द्वी हैन। अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले तथा नामिबियालाई ६२ रनले सहजै पराजित गर्दा पाकिस्तानसंग प्रतिस्पर्धात्मक खेलमा ५ विकेटको हार बेहोरेको थियो। आज अफगानिस्तान विजयी भएको खण्डमा सेमीफाइनल सम्भावना बलियो हुनेछ।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]