T20WC : जडेजा र आश्विन चम्किँदा नामिबियाको सामान्य योगफल

२०७८ कार्तिक २२, सोमबार २१:१४

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको अन्तिम खेलमा भारत र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिम सेमीफाइनल पुग्न असफल भैसकेका छन्।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट क्षेतीमा १३२ रन बनाउदै भारतलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए। ओपनर लिंगेन र बार्डले ३३ रनको साझेदारी नामिबियाको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतीय बलर रभीचन्द्रन आश्विन ( ४-०-२०-३ ) र रभीन्द्र जडेजा ( ४-०-१६-३ ) ले समान तिन विकेट लिंदा जस्प्रित बुम्राहले २ विकेट ( ४-०-१९-२ ) लिए।

समुह ‘२’ बाट यस अघिनै पाकिस्तान समुह विजेता तथा न्युजिल्यान्ड समुह उपविजेताको रुपमा सेमीफाइनल पुगीसकेको छ। भारत पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भयो भने स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गर्यो। नामिबियाले स्कटल्याण्डलाई पराजित गर्दा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भयो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy