T20WC : जडेजा र आश्विन चम्किँदा नामिबियाको सामान्य योगफल

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको अन्तिम खेलमा भारत र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्। दुवै टिम सेमीफाइनल पुग्न असफल भैसकेका छन्।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट क्षेतीमा १३२ रन बनाउदै भारतलाई १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको लागि डेभिड विजाले सर्वाधिक २६ रन बनए भने स्टेफेन बार्डले २१, जान फ्राईलिंकले अविजित १५, माइकल भान लिंगेनले १४, रुबेन ट्रंपलम्यानले अविजित १३ तथा जेरार्ड इरास्मसले १२ रन बनाए। ओपनर लिंगेन र बार्डले ३३ रनको साझेदारी नामिबियाको इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

भारतीय बलर रभीचन्द्रन आश्विन ( ४-०-२०-३ ) र रभीन्द्र जडेजा ( ४-०-१६-३ ) ले समान तिन विकेट लिंदा जस्प्रित बुम्राहले २ विकेट ( ४-०-१९-२ ) लिए।

समुह ‘२’ बाट यस अघिनै पाकिस्तान समुह विजेता तथा न्युजिल्यान्ड समुह उपविजेताको रुपमा सेमीफाइनल पुगीसकेको छ। भारत पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भयो भने स्कटल्याण्ड र अफगानिस्तानलाई पराजित गर्यो। नामिबियाले स्कटल्याण्डलाई पराजित गर्दा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भयो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]