T20WC : शामी र जडेजाको घातक बलिंग, स्कटल्याण्डको ब्याटिंग धरासायी

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘२’ को खेलमा भारत र स्कटल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। भारतको लागि सेमीफाइनल सम्भावना जीवित राख्न नेट रन रेटमा व्यापक सुधार गर्न आजको खेल विशाल अन्तरले जित्न आवस्यक छ। स्कटल्याण्ड सेमीफाइनल रेसबाट बाहिर भइसकेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले १७.४ ओभरमा ८५ रनमै समेटिएको छ। भारतले लक्ष्य ४३ बलमा पछ्याएको खण्डमा नेट रन रेटमा अफगानिस्तान र न्युजिल्यान्ड दुवैलाई पछि पार्नेछ।

उसको लागि जर्ज मुनसेले सर्वाधिक २४ रन, माइकल लिस्कले २१, कलम म्याकलोयडले १६ तथा मार्क वाटले १४ रन बनाए। २९ रनमा ४ विकेट गुमाएको अवस्थामा म्याकलोयडले लिस्कसंग २९ रन तथा वाटसंग १८ रनको साझेदारी गरे। ८१ रनमा ६ विकेट गुमाएको उसले थप ४ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतीय बलर रभीन्द्र जडेजाले टि-२० विश्वकपमा व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ३ विकेट ( ४-०-१५-३ ) लिए। यस्तै मोहम्मद शामीले पनि ३ विकेट लिने क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै १५ रन मात्र खर्चे। जस्प्रित बुम्राहले २ विकेते ( ३.४-१-१०-२ ) तथा रभीचन्द्रन आश्विनले १ विकेट ( ४-०-२९-१ ) लिए।

भारतले आज स्कटल्याण्ड तथा नामिबियालाई ठूलो अन्तरले पराजित गरेको खण्डमा र साथै न्युजिल्यान्डलाई अन्तिम खेलमा अफगानिस्तानले पराजित गरेमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानको समान ६ अंक हुनेछ र नेट रन रेट अघि रहँदै भारतको सेमीफाइनल पुग्ने सम्भावना बलियो हुनेछ। न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरे भारत र अफगानिस्तान दुवैको सेमीफाइनल सम्भावना समाप्त हुनेछ। न्युजिल्यान्ड अफगानिस्तानसंग पराजित भएको खण्डमा न्युजिल्यान्डको सेमीफाइनल सम्भावना समाप्त हुनेछ भने भारत र अफगानिस्तान मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। समुह ‘२’ बाट यसअघिनै पाकिस्तान ४ वटा खेल जित्दै सेमीफाइनल पुगीसकेको छ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]