“हामि पुरै समय खेलमा दबाब बनाउन सफल रह्यौं” विलियमसन

टि-ट्वान्टी विश्वकप अन्तर्गत न्युजिल्यान्डसंग ८ विकेटले पराजित हुँदै भारतले लगातार दोश्रो हार बेहोर्यो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले ३३ बल बाँकी रहँदै भेटायो। विकेट र बल बाँकी रहेको आधारमा भारत बिरुद्ध न्युजिल्यान्डको यो टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित हो। टि-ट्वान्टी विश्वकप इतिहासमा न्युजिल्यान्डसंग खेलिएको तिनवटै खेलमा भारत पराजित भएको छ। सन् २००३ को एकदिवसीय विश्वकपमा एक पटक बाहेक आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई पराजित गर्न सकेको छैन।

पहिलो खेलमा पाकिस्तानसंग हारपहि पहिलो जित दर्ता गरेपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले भारत बिरुद्ध पुरै समय आफ्नो टिमले दबाब बनएको बताए- “भारत जस्तो बलियो टिम बिरुद्ध शानदार अलराउण्ड प्रदर्शन गर्न सफल रह्यौं। हामि पुरै समय खेलमा दबाब बनाउन सफल रह्यौं। हाम्रो बलिंग सन्तुलित रह्यो जसमा दुई स्पिनर थिए। मलाई लाग्छ हामीले एक जुट भएर खेल्यौं जुन तारिफयोग्य छ।”

विलियमसनले खेलमा बिराट कोहली र रोहित शर्माको विकेट लिंदै ४ ओभरमा मात्र १७ रन खर्चेका लेग स्पिनर इश सोढीको तारिफ गरे – “इश टि-२० फर्म्याटको शानदार खेलाडी हुन्, सेतो बल क्रिकेटमा विशेषगरि। उनि हाम्रो टिमको हिस्सा रहँदै आएका छन् र यो परिस्थितिमा स्पिनले विशेष भूमिका खेल्यो।”

खेलको प्लेयर अफ द म्याच चुनिएका सोढीले खेल अघि धेरै तयारी गरेको बताए -“भारत जस्तो टिम बिरुद्ध खेल अघि निकै तयारी गरेको थिएँ। हामीले यो पिचमा खेल्दा आफ्नो खेल परिवर्तन गर्न जरुरि थियो जसमा हामी सफल भयौं। पावरप्लेको अन्तिममा साउदीको विकेटले स्पिनरको काम सहज भयो। पाकिस्तान बिरुद्ध हामिले नजिकको खेल हार्यौं जसपछि पुनरागमन गर्नु सुखद कुरा हो।” खेलमा सोढीले बिराट कोहलीको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो पटक विकेट लिंदै कीर्तिमान बनाए। टि-२० अन्तर्राष्ट्रियमा कोहलीको कुनै पनि बलरले यस अघि तिन पटक विकेट लिन सकेका थिएनन्।

प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डले आगामी खेल नोभेम्बर ३ तारिखमा स्कटल्याण्डसंग, नोभेम्बर ५ तारिखमा नामिबियासंग तथा नोभेम्बर ७ तारिखमा अफगानिस्तानसंग खेल्ने तालिका रहेको छ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]