“हामि पुरै समय खेलमा दबाब बनाउन सफल रह्यौं” विलियमसन

२०७८ कार्तिक १४, आईतवार २३:२९

टि-ट्वान्टी विश्वकप अन्तर्गत न्युजिल्यान्डसंग ८ विकेटले पराजित हुँदै भारतले लगातार दोश्रो हार बेहोर्यो। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिंग गरेको भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले ३३ बल बाँकी रहँदै भेटायो। विकेट र बल बाँकी रहेको आधारमा भारत बिरुद्ध न्युजिल्यान्डको यो टि-२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित हो। टि-ट्वान्टी विश्वकप इतिहासमा न्युजिल्यान्डसंग खेलिएको तिनवटै खेलमा भारत पराजित भएको छ। सन् २००३ को एकदिवसीय विश्वकपमा एक पटक बाहेक आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई पराजित गर्न सकेको छैन।

पहिलो खेलमा पाकिस्तानसंग हारपहि पहिलो जित दर्ता गरेपछि न्युजिल्यान्डका कप्तान केन विलियमसनले भारत बिरुद्ध पुरै समय आफ्नो टिमले दबाब बनएको बताए- “भारत जस्तो बलियो टिम बिरुद्ध शानदार अलराउण्ड प्रदर्शन गर्न सफल रह्यौं। हामि पुरै समय खेलमा दबाब बनाउन सफल रह्यौं। हाम्रो बलिंग सन्तुलित रह्यो जसमा दुई स्पिनर थिए। मलाई लाग्छ हामीले एक जुट भएर खेल्यौं जुन तारिफयोग्य छ।”

विलियमसनले खेलमा बिराट कोहली र रोहित शर्माको विकेट लिंदै ४ ओभरमा मात्र १७ रन खर्चेका लेग स्पिनर इश सोढीको तारिफ गरे – “इश टि-२० फर्म्याटको शानदार खेलाडी हुन्, सेतो बल क्रिकेटमा विशेषगरि। उनि हाम्रो टिमको हिस्सा रहँदै आएका छन् र यो परिस्थितिमा स्पिनले विशेष भूमिका खेल्यो।”

खेलको प्लेयर अफ द म्याच चुनिएका सोढीले खेल अघि धेरै तयारी गरेको बताए -“भारत जस्तो टिम बिरुद्ध खेल अघि निकै तयारी गरेको थिएँ। हामीले यो पिचमा खेल्दा आफ्नो खेल परिवर्तन गर्न जरुरि थियो जसमा हामी सफल भयौं। पावरप्लेको अन्तिममा साउदीको विकेटले स्पिनरको काम सहज भयो। पाकिस्तान बिरुद्ध हामिले नजिकको खेल हार्यौं जसपछि पुनरागमन गर्नु सुखद कुरा हो।” खेलमा सोढीले बिराट कोहलीको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा तेश्रो पटक विकेट लिंदै कीर्तिमान बनाए। टि-२० अन्तर्राष्ट्रियमा कोहलीको कुनै पनि बलरले यस अघि तिन पटक विकेट लिन सकेका थिएनन्।

प्रतियोगिता अन्तर्गत न्युजिल्यान्डले आगामी खेल नोभेम्बर ३ तारिखमा स्कटल्याण्डसंग, नोभेम्बर ५ तारिखमा नामिबियासंग तथा नोभेम्बर ७ तारिखमा अफगानिस्तानसंग खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy