T20WC : बंगलादेश पहिलो चरणबाटै बाहिर, दक्षिण अफ्रीकाको तेश्रो जित

सुपर-१२ चरणको समुह ‘१’ अन्तर्गत लगातार चौंथो हार बेहोर्दै बंगलादेश एक खेल अगावै टि-ट्वान्टी विश्वकपको पहिलो चरणबाटै बाहिर भएको छ। बंगलादेश श्रीलंकासंग ५ विकटले, इंग्ल्यान्डसंग ८ विकेटले, वेस्टइन्डिजसंग ३ रनले पराजित भएको थियो।

शेख जायद स्टेडियम अबुधाबीमा ६ विकेटको जित दर्ता गर्ने क्रममा बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रीकाले १३.३ ओभरमा ४ विकेट गुमाएर भेटायो। दक्षिण अफ्रीकाको ब्याटिंगमा कप्तान तेम्बा बभुमाले सर्वाधिक अविजित ३१ रन बनए भने रसि भान डर डुसेनले २२ तथा क्विन्टन डीककले १६ रन बनाए।

३३ रनमा ३ विकेट गुमाएको अवस्थामा भान डुसेन र बभुमाले ४७ रनको साझेदारी गरे तेह्रौं ओभरमा डुसेनलाई नसुम एहमदले क्याच आउट पार्दा दक्षिण अफ्रीका जित नजिक पुगीसकेको थियो। बंगलादेश बलर तास्किन एहमदले दुई ( ४-०-१८-२ ) तथा मेहदी हसन ( ३.३-०-१९-१ ) र नसुम एहमदले ( २-०-२२-१ ) ले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको बंगलादेश १८.२ ओभरमा ८४ रनमै समेटियो। उसको लागि मेहदी हसनले सर्वाधिक २७, लिटन दासले २४, शमिम होसेनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४५ रनमा ६ विकेट गुमाएको अवस्थामा होसेन र हसन ले सातौँ विकेटको लागि इनिंग्सकै सर्वाधिक १९ रनको साझेदारी गरे।

दक्षिण अफ्रिकी बलर कागीसो रबाडा ( ४-०-२०-३ ) र एनरिक् नोर्कियाले ( ३.२-०-८-३ ) समान तिन विकेट, तब्रेज शाम्सीले दुई विकेट ( ४-०-२१-२ ) तथा ड्वेन प्रिटोरिसले एक विकेट ( ३-०-११-१ ) लिए।

जितपछि दक्षिण अफ्रीका ४ खेलमा ३ जित र १ हार पछि समुह ‘१’ अंक तालिकाको दोश्रो स्थानमा यथावत छ। पहिलो खेलमा अस्ट्रेलियासंग पराजित भएको दक्षिण अफ्रीकाले लगातार तेश्रो जितको साथ सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। ४ जितको साथ इंग्ल्यान्ड ८ अंक सहित पहिलो स्थानमा छ। अस्ट्रेलिया ३ खेलमा ४ अंक सहित तेश्रो स्थानमा छ। दक्षिण अफ्रीकाले सुपर-१२ चरणको अन्तिम खेल इंग्ल्यान्ड बिरुद्ध नोभेम्बर ६ तारिखमा खेल्ने तालिका छ।





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]