T20WC : डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजको यात्रा समाप्त, श्रीलंकाको जितमा हसरंगाको विश्वकीर्तिमान

श्रीलंकासंग २० रनले पराजित भएपछि वेस्टइन्डिजको टि-२० विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना एक खेल अगावै समाप्त भएको छ। श्रीलंकाको सेमीफाइनल सम्भावना यस अघिनै टुंगिएको थियो।

शेख जायद स्टेडियममा सम्पन्न सुपर-१२ चरणको समुह ‘१’ को खेलमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले पुरै ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १६९ रन मात्र बनाउन सक्यो।

वेस्टइन्डिजको ब्याटिंगमा सिमरन हेटमायरले सर्वाधिक ८१ रन बनाए जुन क्रममा अविजित रहेका उनले ५४ बलमा ८ चौका र ४ छक्का प्रहर गरे। यस्तै निकोलस पुरनले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अर्को किनारमा लगातार विकेट गुमेता पनि पाँचौं नम्बरमा ब्याटिंग गरेका हेटमायरले जित दिलाउने प्रयत्न जारि राखेका थिए। जित्न २ ओभरमा ५२ रन आवस्यक हुँदा हेटमायरले १९ औं ओभरमा चमिका करुनारत्नेलाई २ छक्का र चौका प्रहार गर्दै एक्लो दममा जिताउने प्रयास गरेका थिए। तर अन्तिम ओभरमा ३४ रन आवस्यक हुँदा दुश्मन्था चमिराले १३ रन मात्र खर्चिएपछि श्रीलंकाले जित दर्ता गर्यो।

श्रीलंकाको बलिंगमा बिनुरा फर्नान्डो ( २-०-२४-२ ) , चमिका करुनारत्ने ( ४-०-४३-२ ) र वानिन्दु हसरंगाले ( ४-०-१९-२ ) समान दुई विकेट तथा दुश्मन्था चमिरा र दासुन शनाकाले समान एक विकेट लिए।

दुई विकेट लिएका वानिन्दु हसरंगा टि-२० विश्वकप इतिहासमै एकै विश्वकपमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। श्रीलंकाकै अजन्था मेन्डीसले सन् २०१२ विश्वकपमा लिएको १५ विकेटको रेकर्ड तोड्दै हसरंगाले ८ खेलमा १६ विकेट लिंदै विश्वकीर्तिमान बनाएका हुन्।

टस हारेर ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ३ विकेट क्षेतीमा १८९ रन बनाएको थियो। श्रीलंकाको ब्याटिंगमा चरिथ असलंकाले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४१ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै पथुम निसंकाले ५१, दासुन शनाकाले २५ तथा कुशल परेराले २५ रन बनाए। निसंकाले परेरासंग ४२ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि असलंकासंग ९१ रनको साझेदारी गरे। त्यसपछि असलंका र शनाकाले ४६ रनको साझेदारी गरे। वेस्टइन्डिज बलर आन्द्रे रसेलले २ तथा ड्वेन ब्राभोले १ विकेट लिए।

श्रीलंकाको जितसंगै वेस्टइन्डिज एक खेल अगावै समुह ‘१’ बाट सेमीफाइनल दौडबाट बाहिर भएको छ। बंगलादेश र श्रीलंकाको सम्भावना यस अघिनै टुंगिसकेको थियो।  जितपछि ५ खेलमा २ जित र ३ हार बेहोरेको श्रीलंका ४ अंक सहित समुह ‘१’ अंकतालिकाको चौंथो स्थानमा यथावत छ। वेस्टइन्डिज ४ खेलमा १ जित र ३ हार पछि २ अंक सहित पाँचौ स्थानमा छ।

समुह ‘१’ बाट इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीका मध्ये शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्। अन्तिम खेलमा इंग्ल्यान्ड दक्षिण अफ्रीकासंग पराजित भएता पनि नेट रन रेट निकै राम्रो ( +३.१८३ ) रहेकोले इंग्ल्यान्ड सेमीफाइनल पुग्ने निश्चित जसो छ। यदी अस्ट्रेलियाले वेस्टइन्डिजलाई अन्तिम खेलमा पराजित गर्यो तथा दक्षिण अफ्रीकाले पनि इंग्ल्यान्डलाई पराजित गर्यो भने इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रीकाको बराबर ८ अंक हुनेछ जुन अवस्थामा नेट रन रेटमा अघि हुने दुई टिम सेमीफाइनल पुग्नेछ।

समुह ‘१’ को अन्तिम दुई खेल नोभेम्बर ६ तारिख शनिवार खेलिनेछ। दिनको पहिलो खेलमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा दोश्रो खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रीका बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]