T20WC : बटलरको कीर्तिमानी अर्धशतक, इंग्ल्यान्डको शानदार जित

जोस बटलरले २५ बलमै अर्धशतक बनाउदा अस्ट्रेलिया बिरुद्ध ८ विकेटको शानदार जित दर्ता गर्दै लगातार तेश्रो जितको साथ इंग्ल्यान्डले टि-२० विश्वकपको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा अस्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्यान्डले मात्र २ विकेट गुमाएर ५० बल बाँकी रहँदै भेटायो। बल बाँकि रहेको आधारमा इंग्ल्यान्डको टि-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलिया बिरुद्ध सबैभन्दा ठूलो जित हो भने समग्रमै तेश्रो ठूलो जित हो।

इंग्ल्यान्डको लागि ओपनर जोस बटलरले आक्रामक इनिंग्स खेल्ने क्रममा मात्र ३२ बलमा ५ चौका र ४ छक्का मद्दतले अविजित ७१ रन बनाए। उनले २५ बलमा अर्धशतक पुरा गरेका थिए। २५ बलको अर्धशतक टि-२० विश्वकपमा इंग्ल्यान्ड ब्याट्सम्यानको संयुक्तरुपमा सबैभन्दा छिटो अर्धशतक हो। ओएन मोर्गनले २०१२ टि-२० विश्वकपमा वेस्टइन्डिज बिरुद्ध २५ बलमा अर्धशतक बनाएका थिए। यस्तै यो अर्धशतक जारि विश्वकपको सबैभन्दा छिटो अर्धशतक हो।

लक्ष्य पछ्याउने क्रममा ओपनर जेसन रोय र जोस बटलरले ६६ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे। पावरप्लेको ६ ओभरमा इंग्ल्यान्डले विकेट नगुमाई ६६ रन बनायो। सातौँ ओभरमा २२ रन बनाएका रोयलाई एडम जाम्पाले एलबिडब्लु पारे। त्यसपछि पनि बटलरले आक्रामक ब्याटिंग जारि राख्दै जितको दिशा दिए। दशौँ ओभरमा डेविड मलान ८ रन बनाएर आउट भएपछि बटलरले एघारौं ओभरमा एडम जाम्पालाई ३ छक्का प्रहार गर्दै छिटो जित दिलाए। जोनी बेयरस्टोले अविजित २० रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो। उसको लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए भने एस्टन एगरले २०, म्याथु वेडले १८, मिचेल स्टार्कले १३ तथा प्याट कमिन्सले १२ रन योगदान दिए।

खराब सुरुवात गरेको अस्ट्रेलियाले पहिलो ४ विकेट २१ रनमै गुमाएको थियो। ओपनर फिन्चले त्यसपछि वेडसंग ३१ रनको तथा एगरसंग ४७ रनको साझेदारी गरे। डेथ ओभरमा पुनः अस्ट्रेलियाले लगातार विकेट गुमाउन पुग्यो। उन्नाईसौं ओभरमा फिन्चलाई जोर्डनले क्याच आउट गराए। अन्तिम ३ ओभरमा अस्ट्रेलियाले पुनः लगातार विकेट गुमाउन पुग्यो।

इंग्ल्यान्ड बलर करिस जोर्डनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन मात्र खर्चिए। क्रिस वोक्स ( ४-०-२३-२ ) र टाईमल मिल्सले ( ४-०-४५-२ ) ले समान दुई विकेट लिए भने आदील रशिद ( ४-०-१९-१ ) र लियाम लिभिंगस्टोनले ( ४-०-१५-१ ) समान एक विकेट लिए।

लगातार तेश्रो जितपछि सुपर-१२ चरणको समुह ‘१’ अंकतालिकामा इंग्ल्यान्ड ६ अंक सहित शिर्ष स्थानमा कायमै छ। ३ खेलमा समान २ जित र १ हार बेहोरेका दक्षिण अफ्रीका र अस्ट्रेलिया नेट रन रेटको आधारमा दोश्रो र तश्रो स्थानमा छन्। श्रीलंका र वेस्टइन्डिज २ अंक सहित चौंथो र पाँचौ तथा बंगलादेश तिन वटै हार पछि छैठौं स्थानमा छ। इंग्ल्यान्डले आगामी खेल नोभेम्बर १ तारिखमा श्रीलंकासंग तथा अस्ट्रेलियाले नोभेम्बर ४ तारिखमा बंगलादेशसंग खेल्ने तालिका रहेको छ।

अंकतालिका 





थप समाचार

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]