T20WC : पाकिस्तान सेमीफाइनल पुग्ने पहिलो टिम, लगातार चौंथो जित

सुपर-१२ चरणमा लगातार चौंथो खेलमा जित दर्ता गर्दै पाकिस्तान टि-ट्वान्टी विश्वकप २०२१ समुह ‘२’ बाट सेमीफाइनलमा स्थान पक्का गर्ने पहिलो टिम बनेको छ। ९ वर्ष यता पाकिस्तान कुनै पनि फर्म्याटको विश्वकपको पहिलो पटक सेमीफाइनल पुगेको हो।

शेख जायद स्टेडियम अबुधाबीमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा १४४ रन मात्र बनाउन सक्यो र ४५ रनले पराजित भयो। पाकिस्तानले यस अघि भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा नामिबियाको लागि डेभिड विजेले अविजित रहँदै सर्वाधिक ४३ रन, क्रेग विलियम्सले सर्वाधिक ४० रन, स्टेफेन बार्डले २९ रन बनाए। पाकिस्तान बलर हसन अलि ( ४-०-२२-१ ) , इमाद वासिम ( ३-०-१३-१ ) , हरिस रौफ ( ४-०-२५-१ ) र शदाब खानले ( ४-०-३५-१ ) समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।

पाकिस्तानको ब्याटिंगमा ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ५० बलमा ८ चौका र ४ छक्का प्रहार गर। यस्तै बाबर आजमले ४९ बलमा ७ चौका मद्दतले ७० रन बनाए। मोहम्मद हफिजले १६ बलमा ५ चौका मद्दतले अविजित ३२ रन बनाए।

ओपनर बाबर र रिजवानले सुस्त सुरुवात गर्दै पहिलो ६ ओभरमा २९ रन मात्र बनाएका थिए। त्यसपछि भने दुवैले रन गति बढाए। ११३ रनको ओपनिंग साझेदारीलाई पन्ध्रौँ ओभरमा डेभिड विजेले आजमलाई क्याच आउट गर्दै तोडे। लगत्तै ओभरमा फखर जमानलाई जान फाईलिंकले क्याच आउट पारे। त्यसपछि क्रिजमा आएका हफिजले मात्र २६ बलमा ६७ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम ५ ओभरमा पाकिस्तानले मात्र १ विकेट गुमाएर ७१ रन बनायो। जेजे स्मितले गरेको इनिंग्सको अन्तिम ओभरमा मोहम्मद रिजवानले ४ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाए। नामिबियाका बलर डेभिड विजे र जान फ्राईलिंकले समान एक विकेट लिए।

अंकतालिका : सबै खेलमा जित पछि सेमीफाइनलमा स्थान पक्का गरेको पाकिस्तान समुह ‘२’ को शिर्ष स्थानमा कायमै छ। अफगानिस्तान ३ खेलमा ४ अंक सहित दोश्रो, न्युजिल्यान्ड र नामिबिया २ अंक सहित तेश्रो र चौंथो स्थानमा यथावत छन्। दुवै खेलमा पराजित भारत र स्कटल्याण्ड अंकविहिन रहँदै पाँचौ र छैटौं स्थानमा छन्। पाकिस्तानले सुपर-१२ चरणको अन्तिम खेल स्कटल्याण्डसंग नोभेम्बर ७ तारिखमा खेल्नेछ भने नामिबियाले नोभेम्बर ५ मा न्युजिल्यान्ड तथा नोभेम्बर ८ मा भारतसंग खेल्ने तालिका रहेको छ।





थप समाचार

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]

कोलकोताले दियो बैंगलुरुलाई १७५ रनको लक्ष्य

काठमाडौँँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे उद्घाटन खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १७५ रनकाे लक्षय […]

पीएम कप ; कोशीविरुद्ध बागमती १३१ रनले विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले फराकिलो जित हासिल गरेको छ। शनिबार […]

आईपीएल आजदेखि, उद्घाटन खेलमा कोलकोता र बैंगलुरु भिड्दै

काठमाडौँ । १८औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ। उद्घाटन खेल कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा हुँदै […]

आर्मीको छैटौँ जित

काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ। देउखुरी […]

नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने

काठमाडौं। आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ। यु–१९ विश्वकप एसिया […]