T20WC : रिजवान र बाबरको अर्धशतक, पाकिस्तानद्वारा नामिबियालाई कठिन लक्ष्य

युएईमा जारी टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा पाकिस्तान र नामिबिया प्रतिस्पर्धा गरिरहेका छन्।

शेख जायद स्टेडियममा टस जितेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा १८९ रन बनाउदै १९० रनको लक्ष्य प्रस्तुत गरेको छ। उसको लागि ओपनर मोहमम्द रिजवानले सर्वाधिक ७९ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ५० बलमा ८ चौका र ४ छक्का प्रहार गर। यस्तै बाबर आजमले ४९ बलमा ७ चौका मद्दतले ७० रन बनाए। मोहम्मद हफिजले १६ बलमा ५ चौका मद्दतले अविजित ३२ रन बनाए।

ओपनर रिजवानले सुस्त सुरुवात गर्दै पहिलो ६ ओभरमा २९ रन मात्र बनाए। त्यसपछि भने दुवैले गेर परिवर्तन गरे र रन गति बढाए। ११३ रनको ओपनिंग साझेदारीलाई पन्ध्रौँ ओभरमा डेभिड विजेले आजमलाई क्याच आउट गर्दै तोडे। लगत्तै ओभरमा फखर जमानलाई जान फाईलिंकले क्याच आउट पारे। त्यसपछि क्रिजमा आएका हफिजले मात्र २६ बलमा ६७ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम ५ ओभरमा पाकिस्तानले मात्र १ विकेट गुमाएर ७१ रन बनायो। जेजे स्मितले गरेको अन्तिम ओभरमा मोहम्मद रिजवानले ४ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाए। नामिबियाका बलर डेभिड विजे र जान फ्राईलिंकले समान एक विकेट लिए।

विश्वकपमा शानदार लयमा रहेको पाकिस्तान समुह ‘२’ मा तिन वटा जितको साथ शिर्ष स्थानमा छ। उसले भारतलाई १० विकेटले, न्युजिल्यान्डलाई ५ विकेटले तथा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। आजको जितले पाकिस्तान सेमीफाइनल पुग्ने पहिलो टिम बन्नेछ। अर्कोतर्फ नामिबियाले स्कटल्याण्डलाई पहिलो खेलमा ४ विकेटले पराजित गरेता पनि दोश्रो खेलमा अफगानिस्तानसंग ६२ रनको विशाल अन्तरको हार बेहोरेको थियो। आज पाकिस्तानलाई पराजित गर्दै अप्रत्यासित जित दर्ता गर्दै नामिबीया पनि सेमीफाइनल रेसमा आउन चाहन्छ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]