T20WC : पाकिस्तानको विशाल जित, अस्ट्रेलियासंग सेमीफाइनल खेल्ने

सुपर-१२ चरणमा लगातार पाँचौ जित दर्ता गर्दै पाकिस्तान समुह ‘२’ को विजेताको रुपमा टि-२० विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ। न्युजिल्यान्ड समुह ‘२’ को उपविजेताको रुपमा सेमीफाइनल पुग्यो।

युएईको शारजाह स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षेतीमा ११७ रन मात्र बनाउन सक्यो। पाकिस्तानले ७२ रनले खेल जित्यो।

यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ। पाकिस्तानले सेमीफाइनलमा समुह ‘१’ को उपविजेता अस्ट्रेलियासंग नोभेम्बर ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ। यस्तै पहिलो सेमीफाइनलमा समुह ‘१’ को विजेता इंग्ल्यान्डले समुह ‘२’ को उपविजेता न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नोभेम्बर १४ तारिखमा दुबईमा खेलिनेछ।

लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डको लागि रिची बेरिंगटनले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। जर्ज मुनसेले १७ तथा माइकल लिस्कले १४ रन बनाए। पाकिस्तान बलर शदाव खानले २ विकेट ( ४-०-१४-२ ) लिए भने शाहिन अफ्रिदी ( ४-०-२५-१ ) , हसन अलि ( ४-१-३३-१ ) र हरिस रौफले ( ४-०-२७-१ ) समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट क्षेतीमा १८९ रन बनाएको थियो।पाकिस्तान कप्तान कप्तान बाबर आजमले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ४७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै शोयब मलिकले विस्फोटक ब्याटिंग गर्दै मात्र १८ बलमा ६ छक्का र १ चौका मद्दतले अविजित ५४ रन बनाए। मोहम्मद हफिजले ३१ तथा मोहम्मद रिजवानले १५ रन बनाए। स्कटल्याण्ड बलर क्रिस ग्रिभ्सले २ विकेट तथा हम्जा ताहिर र सफ्यान सरिफले समान एक विकेट लिए।

मलिकको कीर्तिमान : विस्फोटक ब्याटिंग गरेका ३९ वर्षीय शोयब मलिकले इनिंग्सको अन्तिम बलमा क्रिस ग्रिभ्सलाई छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १८ बलको शतक टि-२० विश्वकप इतिहासकै संयुक्त रुपमा तेश्रो छिटो तथा टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तान ब्याट्सम्यानको सबैभन्दा छिटो अर्धशतक हो। यस अघि पाकिस्तान ब्याट्सम्यानको छिटो अर्धशतक २१ बलको थियो जसले २०१० मा अस्ट्रेलिया बिरुद्ध उक्त रेकर्ड बनाएका थिए। ग्लेन म्याक्सवेलले २०१८ मा तथा केएल राहुलले जारी विश्वकपमा समान १८ बलमा अर्धशतक बनाएका थिए। सबैभन्दा छिटो युबराज सिंहले २००७ मा इंग्ल्यान्ड बिरुद्ध १२ बलमा तथा स्टेफेन माइबर्गले दोश्रो छिटो २०१४ मा आयरल्याण्ड बिरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]