T20WC : टस हारेर पाकिस्तान ब्याटिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम-११

टि-ट्वान्टी विश्वकप २०२१ अन्तर्गत दोश्रो सेमीफाइनलमा पाकिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। पहिलो सेमीफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर अस्ट्रेलियाले पाकिस्तानलाई ब्याटिंगको निम्तो दिएको छ। अस्ट्रेलिया र पाकिस्तान दुवैले आफ्नो अन्तिम-११ मा परिवर्तन गरेको छैन।

पाकिस्तानको अन्तिम ११ : Mohammad Rizwan(w), Babar Azam(c), Fakhar Zaman, Mohammad Hafeez, Shoaib Malik, Asif Ali, Shadab Khan, Imad Wasim, Hasan Ali, Haris Rauf, Shaheen Afridi

अस्ट्रेलियाको अन्तिम ११ : David Warner, Aaron Finch(c), Mitchell Marsh, Steven Smith, Glenn Maxwell, Marcus Stoinis, Matthew Wade(w), Pat Cummins, Mitchell Starc, Adam Zampa, Josh Hazlewood

पाकिस्तान सुपर-१२ चरणको सबै ५ खेलमा जित दर्ता गर्दै समुह ‘२’ को विजेताको रुपमा सेमीफाइनल पुगेको हो। यस क्रममा उसले भारतलाई १० विकेटले, न्युजिल्यान्ड र अफगानिस्तानलाई समान ५ विकेटले, नामिबियालाई ४५ रनले तथा स्कटल्याण्डलै ७२ रनले पराजित गर्यो।

अस्ट्रेलिया सुपर-१२ चरणमा ५ मध्ये ४ खेलमा जित दर्ता गर्दै समुह ‘१’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। इंग्ल्यान्डसंग ८ विकेटले पराजित भएको अस्ट्रेलियाले अन्य खेल जित्ने क्रममा दक्सिना अफ्रीकालाई ५ विकेटले , श्रीलंकालाई ७ विकेटले तथा वेस्टइन्डिज र बंगलादेशलाई समान ८ विकेटले पराजित गर्यो।

हेड टु हेड : टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुई टिम २३ पटक आमने-सामने भएका छन् जसमा १३ खेल पाकिस्तानले जित्दा ९ खेल अस्ट्रेलियाले जितेको छ। टि-२० विश्वकपमा खेलिएको ६ खेलमा दुवै टिमले समान ३ खेल जितेका छन्। अन्तिम पटक दुई टिम सन् २०१६ टि-२० विश्वकपमा भेट हुँदा अस्ट्रेलिया २१ रनले विजयी भएको थियो। दुई देश बीच अन्तिम ५ खेलको कुरा गर्दा पाकिस्तान ३ खेलमा तथा अस्ट्रेलिया २ खेलमा विजयी भएको छ। सन् २०१० टि-२० विश्वकपको सेमीफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]