युएईमा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरण अन्तर्गत समुह ‘१’ को खेलमा अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।
अस्ट्रेलिया र श्रीलंका दुवैले आफ्नो पहिलो खेलमा जित दर्ता गरेका थिए। दुवै टिमले आफ्नो पहिलो खेल लक्ष्य पछ्याउदै जितेको थियो। श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा १७२ रनको लक्ष्य पछ्याएको थियो भने अस्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गरेको थियो जुन क्रममा ११९ रनको लक्ष्य पछ्याएको थियो। आजको जितले दुवै टिमको सेमीफाइनल यात्रा केहि सहज हुनेछ।
समुह चरणमा अपराजित रहँदै सुपर-१२ पुगेको श्रीलंका राम्रो लयमा छ। चरिथ असलंका र भानुका राजपक्षले दवावमा बंगलादेश बिरुद्ध खेलेको इनिंग्सले श्रीलंकालाई आत्मविश्वास दिएको छ। जोश हेजलवुड, मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पा जस्ता बलरको लयले अस्ट्रेलियालाई आत्मविश्वास दिंदा कप्तान आरोन फिंच र डेभिड वार्नरको ब्याट नचल्नु चिन्ता बनेको छ। वार्नरको श्रीलंकासंग टि-२० अन्तर्राष्ट्रिय औशत ५५.९ रहेकोले वार्नरको लागि लयमा आउनु श्रीलंकासंगको खेल उपयुक्त हुनेछ।
हेड टु हेड : दुई टिम बीच टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६ पटक भेट भएको छ जसमा दुवै टिमले ८/८ खेलमा जित र ८/८ खेलमा हार बेहोरेका छन्। यस्तै टि-२० विश्वकपमा तिन पटक भएको भेटमा अस्ट्रेलिया दुई पटक तथा श्रीलंका एक पटक विजयी भएको छ।
अस्ट्रेलियाको सम्भावित ११ : डेभिड वार्नर , आरोन फिंच ( कप्तान ) , मिचेल मार्श, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथु वेड ( किपर ) , प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड
श्रीलंकाको सम्भावित ११ : कुशल परेरा ( किपर ), पथुम निसंका, चरिथ असलंका, अभिस्का फर्नान्डो, वानिन्दु हसरंगा, भानुका राजापक्षे, दासुन शनाका ( कप्तान ) , चमिका करुनारत्ने, दुश्मन्था चमिरा, लाहिरु कुमारा, बिनुरा फर्नान्डो/महेश तिक्षणा
