T20WC : पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया दोश्रो पटक टि-२० विश्वकपको फाइनल पुगेको छ। अन्तिम पटक अस्ट्रेलिया २०१० टि-२० विश्वकपको फाइनल पुगेको थियो। टि-२० विश्वकपको सातौँ संस्करणको उपाधिको लागि अस्ट्रेलिया र न्युजिल्यान्ड बीच आइतबार प्रतिस्पर्धा हुनेछ। दुवै टिमले हालसम्म टि-२० विश्वकपको उपाधि जित्न सकेको छैन।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर १ ओभर बाँकी रहँदै भेटायो।

अस्ट्रेलियाको लागि ओपनर डेभिड वार्नरले सर्वाधिक ३० बलमा ३ चौका र ३ छक्का मद्दतले ४९ रन बनाए। म्याथु वेडले मात्र १७ बलमा २ चौका र ४ छक्का मद्दतले अविजित ४१ तथा मार्कस स्टोइनिसले ३१ बलमा २ चौका र २ छक्का मद्दतले अविजित ४० रन बनाए। मिचेल मार्शले २८ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियन ओपनर आरोन फिंच पहिलो ओभरमा खाता नखोली शाहिन अफ्रिदीबाट बोल्ड भए। त्यसपछि वार्नरले दोश्रो विकेटको लागि मार्शसंग ५१ रन जोडे। त्यसपछि शदाब खानले सातौँ ओभरमा मार्श, नवौं ओभरमा स्टिभ स्मिथ र एघारौं ओभरमा वार्नरको विकेट लिंदै अस्ट्रेलियालाई खेलमा फर्काए। तेह्रौं ओभरमा खानले ग्लेन म्याक्सवेललाई पनि क्याच आउट गराए फलस्वरुप ५२/१ बाट अस्ट्रेलिया ९६/५ को अवस्थामा पुग्यो।

दबाबमा मार्कस स्टोइनिस र म्याथु वेडले विकेट नगुमाई ब्याटिंग गरे भने संगै आक्रामक सटहरु पनि खेल्दै आवस्यक रन गति धेरै बढ्न दिएनन्। जित्न ३ ओभरमा ३७ रन अवस्य हुँदा हसन अलिले अठारौं ओभरमा १५ रन खर्चिए जसले आवस्यक रन गति घटायो। २ ओभरमा जित्न २२ रन आवस्यक रह्यो। शाहिन अफ्रिदीले गरेको उन्नाईसौं ओभरको तेश्रो बलमा म्याथु वेडको क्याच हसन अलिले छुटाउन पुगे। त्यसपछि लगातार ३ वटा छक्का प्रहार गर्दै वेडले खेल जिताए। वेड र स्टोइनिसले छैठौं विकेटको लागि ८१ रनको साझेदारी गरे।

पाकिस्तानको बलिंगमा लेग स्पिनर शदाब खानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। शाहिन अफ्रिदीले १ विकेट ( ४-०-३५-१ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट क्षेतीमा १७६ रन बनाएको थियो।

पाकिस्तानको ब्याटिंगमा मोहम्मद रिजवानले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै फखर जमानले ३२ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ५५ रन बनाए। कप्तान बबर आजमले ३४ बलमा ५ चौका मद्दतले ३९ रन बनाए।

रिजवानले बाबर आजमसंग ७१ रनको ओपनिंग साझेदारी गरे .दशौँ ओभरमा आजमलाई एडम जाम्पाले क्याच आउट पारे। दोश्रो विकेटको लागि रिजवान र जमानले ७३ रनको साझेदारी गरे। अठारौं ओभरमा रिजवानलाई मिचेल स्टार्कले क्याच आउट पारे। उन्नाईसौं ओभरमा प्याट कमिन्सले खाता नखोली आसिफ अलिको विकेट लिए भने ओभरमा मात्र ३ रन खर्चिए। अन्तिम ओभरमा स्टार्कले शोयब मलिकको विकेट लिए जसपछि जमानले २ छक्का प्रहार गरे। अन्तिम ५ ओभरमा पाकिस्तानले ३ विकेट गुमाउदा ५९ रन बनायो।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक २ विकेट ( ४-०-३८-२ ) लिए भने प्याट कमिन्स ( ४-०-३०-१ ) र एडम जाम्पाले ( ४-०-२२-१ ) समान एक विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]