मोहम्मद नाबीको प्रायोजनमा विश्वकप खेल्दै छ अफगानिस्तान ? थाहा पाउनुस तथ्य

२०७८ कार्तिक २१, आईतवार १६:०१

सामाजिक संजालमा केहि दिन यता भाइरल भइरहेको पोस्टमा युएईमा जारि टि-ट्वान्टी विश्वकपमा सहभागी अफगानिस्तान क्रिकेट टिमलाई तालिबानले साथ नदिएपछि टिम कप्तान मोहम्मद नाबी आफै टिमको प्रायोजकको रुपमा पैसा खर्च गरिरहेको उल्लेख गरिएको छ। तालिबानले अफगानिस्तानको नेतृत्व लिएपछि देशमा क्रिकेटको भविष्यबारे बिभिन्न काल्पनिक हल्लाहरु भएका छन्।

नाबी आफैले अफगानिस्तान क्रिकेट टिमलाई प्रायोजन गरेको पोस्ट भाइरल बनेपछि अफगानिस्तान टिम, नाबी र तालिबान प्रति बिभिन्न धारणा बनेका छन्। भाइरल पोस्टमामा विश्वकपको खेल अघि अफगानिस्तानको झन्डा मैदानमा छ भने अर्कोतर्फ राष्ट्रिय गान बज्दै गर्दा नाबी रोइरहेको पोस्ट राखिएको छ। पोस्टमा लेखिएको छ “तपाईलाई थाहा छ, तालिबानले अफगानिस्तान क्रिकेट टिमलाई टि-२० विश्वकप २०२१ मा प्रायोजन गर्न अस्विकार गरेपछि मोहम्मद नाबी अघि आएर अफगानिस्तान टिमलाई व्यक्तिगत रकमले प्रायोजन गरेका छन्। यसलाई देशको माया नभने, के भन्ने ?”

तर तथ्यहरु जाँचबुझ गर्दा नाबीले व्यक्तिगत प्रायोजन गरेको भाइरल पोस्ट ‘फेक’ हो। यस्तै अफगानिस्तान टिम प्रायोजक विहिन रहेको कुरा पनि गलत। कुनै पनि अधिकारिक समाचारमा नाबीले प्रायोजन गरेको खबर प्रकाशित भएको छैन।

साथै अफगानिस्तान क्रिकेट टिम प्रायोजक विहिन भन्ने कुरा पनि गलत हो। अफगानिस्तान क्रिकेट टिमलाई टि-२० विश्वकप २०२१ मा सिदिकी ग्रुपले मुख्य प्रायोजन गरेको छ। अफगानिस्तान टिमको मुख्य प्रायोजनको लागि उसले ४ लाख ५० हजार डलर रकम दिएको छ। अफगानिस्तान बोर्डले उक्त कुरा १४ अक्टोबरमा गरेको ट्वीटमार्फत पनि जानकारी गराएको छ। जुन महिनामा अफगानिस्तान बोर्डले विश्वकपमा टिमको प्रायोजनको लागि टेण्डर आह्वान गरेको थियो। अफगानिस्तानले टि-२० विश्वकपमा लगाएको जर्सीमा सेदिकी ग्रुपको लोगो रहेको छ।

अफगानिस्तानले टि-२० विश्वकपमा लगाएको जर्सीमा सेदिकी ग्रुपको लोगो रहेको छ।

तालिबानले अफगानिस्तान क्रिकेट टिमलाई समर्थन नगरेको खबर पनि सत्य हैन। तालिबानका सदस्यहरुले तथा प्रवक्ताले अफगानिस्तानको स्कटल्याण्डबिरुद्धक जितपछि ट्वीट गर्दै टिमलाई वधाई दिएका छन्। जबकी तालिबान अफगानिस्तानको पुरुष टिमको बिरुद्धमा छैन। महिलाहरुको खेलकुदमा सहभागिताको भने तालिबान बिरुद्धमा छ। तालिबान सरकारमा आएपछि देशको महिला एथलेटहरु देश छोडेर भागेको खबर भने आएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy