T20WC : भारतको कीर्तिमानी विशाल जित, नेट रन रेटमा फड्को ( अंकतालिका सहित )

स्कटल्याण्डलाई ८ विकेटले पराजित गर्दै टि-ट्वान्टी विश्वकप २०२१ मा भारतले लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो र दोश्रो खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको भारतले तेश्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा स्कटल्याण्डले दिएको ८६ रनको लक्ष्य भारतले भारतले ४३ बलमा खेल जिते नेट रन रेटमा अफगानिस्तान र न्युजिल्यान्ड दुवैलाई पछि पार्ने थियो। सोहि अनुरुप ब्याटिंग गर्दै भारतले खेल ६.३ ओभरमै जित्यो। ८१ बल बाँकी रहँदैको जित भारतको जित बल बाँकी रहेको आधारमा उसको टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जित हो। भारतको यस अघि सबैभन्दा ठूलो जित २०१६ मा युएई बिरुद्ध ५९ बल बाँकी रहँदैको जित थियो।

भारतको जितमा केएल राहुलले सर्वाधिक ५० रन बनाए जुन क्रममा १९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। उनले मात्र १८ बलमा अर्धशतक पुरा गरेका थिए जुन टि-२० अन्तर्राष्ट्रियमा युवराज सिंहको १२ बलको अर्धशतक पछि दोश्रो छिटो अर्धशतक हो। यस्तै रोहित शर्माले १६ बलमा ५ चौका र १ छक्का मद्दतले ३० रन बनाए। रोहित र राहुलले मात्र ५ ओभरमा ७० रनको साझेदारी गरे। पाँचौ ओभरको अन्तिम बलमा रोहितलाई ब्राडले व्हिलले एलबिडब्लु पारे। त्यसपछि राहुल अर्धशतक पुरा गरेलगत्तै मार्क वाटबाट क्याच आउट भए जति बेला जित्न ४ रन आवस्यक थियो। सुर्यकुमार यादवले छक्का प्रहार गर्दै जित दिलाए।

टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले १७.४ ओभरमा ८५ रन बनाएको थियो। उसको लागि जर्ज मुनसेले सर्वाधिक २४ रन, माइकल लिस्कले २१, कलम म्याकलोयडले १६ तथा मार्क वाटले १४ रन बनाए। २९ रनमा ४ विकेट गुमाएको अवस्थामा म्याकलोयडले लिस्कसंग २९ रन तथा वाटसंग १८ रनको साझेदारी गरे। ८१ रनमा ६ विकेट गुमाएको स्कटल्याण्डले थप ४ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

भारतीय बलर रभीन्द्र जडेजाले टि-२० विश्वकपमा व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा सर्वाधिक ३ विकेट ( ४-०-१५-३ ) लिए। यस्तै मोहम्मद शामीले पनि ३ विकेट लिने क्रममा ३ ओभरमा १ मेडन ओभर गर्दै १५ रन मात्र खर्चे। जस्प्रित बुम्राहले २ विकेते ( ३.४-१-१०-२ ) तथा रभीचन्द्रन आश्विनले १ विकेट ( ४-०-२९-१ ) लिए।

अंकतालिका र विश्वकप पुग्ने समीकरण :

समुह ‘२’ बाट पाकिस्तान एक खेल बाँकी रहँदै सेमीफाइनल प्रवेश गरिसकेको छ भने न्युजिल्यान्ड, अफगानिस्तान र भारत मध्ये एक टिम सेमीफाइनल पुग्ने दोश्रो टिम हुनेछ।  समुह ‘१’ अन्तर्गत अब तिन खेल बाँकी रहेका छन्। नोभेम्बर ७ तारिखमा  न्युजिल्यान्ड र अफगानिस्तान तथा पाकिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्नेछन् भने नोभेम्बर ८ तारिखमा भारत र नामिबिया बीच खेल हुनेछ।

स्कटल्याण्ड बिरुद्ध खेल अघि भारतको नेट रन रेट +०.०७३ थियो भने जितपछि +१.६१९ पुगेको छ। न्युजिल्यान्डको नेट रन रेट +१.२७७ र अफगानिस्तानको +१.४८१ छ। भारतको सेमीफाइनल सम्भावना अफगानिस्तानको प्रदर्शनमा निर्भर गर्नेछ। अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेमा भारत र अफगानिस्तान मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।

यदी न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड ८ अंक सहित सेमीफाइनल प्रवेश गर्नेछ। यदी अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्यो र साथै भारत पनि नामिबियालाई पराजित गरेको खण्डमा न्युजिल्यान्ड बाहिर हुनेछ भने अफगानिस्तान र भारत मध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ। न्युजिल्यान्डको नेट रन रेट ( +१.२७७ ) , अफगानिस्तान ( +१.४८१ ) र भारतको भन्दा कम हुँदा न्युजिल्यान्ड सेमीफाइनल पुग्न अफगानिस्तानलाई पराजित गर्नु बाहेक बिकल्प छैन।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]