T20WC : टि-२० विश्वकपमा आज दुई खेल हुँदै

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत सुपर-१२ चरण चल्दै गर्दा आज बुधबार दुई खेल हुँदैछन्।

दिनको पहिलो खेलमा समुह ‘१’ अन्तर्गत इंग्ल्यान्ड र बंगलादेश बीच खेल शेख जायद स्टेडियम अबुधाबीमा दिउँसो ३:४५ बजे सुरु हुनेछ। दिनको दोश्रो खेलमा समुह ‘२’ अन्तर्गत  शेख जायद स्टेडियम अबुधाबीमानै रातिको ७:४५ बजे स्कटल्याण्ड र नामिबिया बीच प्रतिस्पर्धा हुनेछ।

इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्ने क्रममा वेस्टइन्डिजले दिएको ५६ रनको लक्ष्य ४ विकेट क्षेतीमा भेटाएको थियो। बंगलादेश पहिलो खेलमा श्रीलंकासंग ५ विकेटले पराजित हुँदा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट क्षेतीमा भेटाएको थियो। आज पराजित भएको खण्डमा बंगलादेशको सेमीफाइनल यात्रा कठिन हुनसक्नेछ भने इंग्ल्यान्डलाई सहज हुन् सक्नेछ।

हेड टु हेड :  टि-ट्वान्टी विश्वकप इतिहासमा इंग्ल्यान्ड र बंगलादेश पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्।इतिहासमै दुई टिम बीच टि-२० अन्तर्राष्ट्रिय फर्म्याटमा भेट भएको थिएन।

इंग्ल्यान्डको सम्भावित ११ : Jason Roy, Jos Buttler(w), Dawid Malan, Jonny Bairstow, Eoin Morgan(c), Liam Livingstone, Moeen Ali, Chris Woakes, Chris Jordan, Adil Rashid, Tymal Mills

बंगलादेशको सम्भावित ११ : Mohammad Naim, Liton Das/Soumya Sarkar, Shakib Al Hasan, Mushfiqur Rahim, Mahmudullah(c), Afif Hossain, Nurul Hasan(w), Mahedi Hasan, Mohammad Saifuddin, Nasum Ahmed, Mustafizur Rahman

समुह चरणमा अपराजित रहँदै सुपर-१२ चरण यात्रा गरेको स्कटल्याण्डले सुपर-१२ चरणमा भने निराशाजनक सुरुवात गर्यो। अफगानिस्तानसंग १३० रनको विशाल अन्तरले पराजित भएको स्कटल्याण्डले अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा आफ्नो टि-२० अन्तर्राष्ट्रिय इतिहासकै कम ६० रन मात्र बनाउन सकेको थियो। अर्कोतर्फ नामिबियाको भने सुपर-१२ चरणको यो पहिलो खेल हो। नामिबिया समुह चरणमा समुह ‘ए’ को उपविजेताको रुपमा दोश्रो चरण पुगेको हो। स्कटल्याण्ड आज पराजित भए  दोश्रो चरण पुग्ने सम्भावना कमजोर बन्नेछ। नामिबिया समुह चरणकै लय कायम गर्दै ठूला टिमलाई आश्चर्य दिन चाहन्छ।

हेड टु हेड : नामिबिया र स्कटल्याण्डले इतिहासमा दुई पटक टि-२० अन्तर्राष्ट्रिय फर्म्याटमा प्रतिस्पर्धा गर्दा दुवै पटक नामिबिया विजयी भएको छ। अन्तिम पटक दुई टिम बीच यसै महिना युएईमै प्रतिस्पर्धा हुँदा स्कटल्याण्डले दिएको १३८ रनको लक्ष्य नामिबियाले ५ विकेट क्षेतीमा पुरा गरेको थियो।

स्कटल्याण्डको सम्भावित -११ : George Munsey, Kyle Coetzer (c), Matthew Cross (wk), Richie Berrington, Calum MacLeod, Michael Leask, Chris Greaves, Mark Watt, Josh Davey, Safyaan Sharif, Bradley Wheal

नामिबियाको सम्भावित -११ : Zane Green (wk), Craig Williams, Michael van Lingen, Gerhard Erasmus (c), David Wiese, JJ Smit, Jan Frylinck, Pikky Ya France, Jan Nicol Loftie-Eaton, Ruben Trumpelmann, Bernard Scholtz

सुपर-१२ चरणको अंकतालिका 





थप समाचार

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]