T20WC : रौफको करियरकै उत्कृस्ट बलिंग, न्युजिल्यान्डको सामान्य योगफल

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा न्युजिल्यान्ड र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्। आजको पहिलो खेलमा दक्षिण अफ्रीकाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्यो।

शारजाह स्टेडियममा टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट क्षेतीमा १३४ रन बनाउदै पाकिस्तानलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। न्युजिल्यान्डको ब्याटिंगमा डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाए।

गप्टिल र मिचेलले ३६ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा गप्टिल आउट भएपछि विलियमसनले मिचेलसंग १८ रनको तथा चौंथो विकेटको लागि कनवेसंग ४४ रनको साझेदारी गरे। चौधौं ओभरमा विलियमसन हसन अलिबाट रन आउट भए। कनवेले फिलिप्ससंग २६ रनको साझेदारी गरे। अठारौं ओभरमा कनवे र फिलिप्स दुवैलाई हरिस रौफले क्याच आउट गरे। इनिंग्सको अन्तिम ५ ओभरमा न्युजिल्यान्डले ४ विकेट क्षेतीमा ३४ रन मात्र बनाउन सक्यो।

पाकिस्तानको बलिंगमा हरिस रौफले करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए।  यस्तै शाहिन अफ्रिदी ( ४-१-२१-१ ) , इमाद वासिम ( ४-०-२४-१ ) र मोहम्मद हफिजले ( २-०-१६-१ ) ले समान एक विकेट लिए।

न्युजिल्यान्ड सुपर-१२ चरणमा पहिलो खेल खेल्दैछ भने पाकिस्तानको यो दोश्रो खेल हो। पहिलो खेलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई १० विकेटले पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy