T20WC : रोमान्चक खेलमा वेस्टइन्डिजद्वारा बंगलादेश पराजित

रोमान्चक खेलमा बंगलादेशलाई ३ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले सुपर-१२ चरणमा जितको खाता खोलेको छ। अघिल्लो २ खेलमा वेस्टइन्डिज इंग्ल्यान्ड र दक्षिण अफ्रीकासंग पराजित भएको थियो। बंगलादेशको भने यो लगातार तेश्रो हार हो जसले यस अघि श्रीलंका र इंग्ल्यान्डसंग हार बेहोरेको थियो।

शारजाह स्टेडियममा वेस्टइन्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभर ब्याटिंग गरेता पनि ५ विकेट क्षेतीमा १३९ रन मात्र बनाउन सक्यो। बंगलादेशको लागि लिटन दासले सर्वाधिक ४४ रन तथा महमुदुल्लाहले अविजित ३२ रन बनाए। मोहम्मद नैम र सौम्य सरकारले समान १७ रन बनाएता पनि जित्न पर्याप्त रहेन।

लक्ष्य पछ्याउने क्रममा पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर मात्र २९ रन बनाएको थियो। त्यसपछि लिटन दासले एक किनार सम्हाल्दै सौम्य सरकारसंग ३१ रन तथा मुश्फिकुर रहिमसंग ३० रनको साझेदारी गरे। सरकर र रहिमको विकेटपछि ९०/४ को अवस्थाबाट दासले कप्तान महमुदुल्लाहसंग ४० रनको साझेदारी गरे। जित्न १३ रन आवस्यक हुँदा उन्नाईसौं ओभरको अन्तिम बलमा दासलाई ड्वेन ब्राभोले लंग-अनमा क्याच आउट गर्दै वेस्टइन्डिजलाई खेलमा फर्काए।

अन्तिम ओभरमा जित्न १३ रन आवस्यक रह्यो र बलिंगमा आन्द्रे रसेल बलिंगमा आए। पहिलो ३ बलमा रसेलले मात्र ५ रन खर्चिए। चौंथो बलमा महमदुल्लाहको क्याच आन्द्रे फ्लेचरले छोड्न पुगे जुन बलमा उनले २ रन लिए। पाँचौ बलमा महमुदुल्लाहले २ रन लिए। अन्तिम बलमा जित्न ४ रन आवस्यक हुँदा रसेलले योर्कर गर्दै डट बल फाले र टिमलाई रोमान्चक जित दिलाए।

वेस्टइन्डिजको बलिंगमा आन्द्रे रसेल ( ४-०-२९-१ ), रभी रामपौल ( ४-०-२५-१ ) , जेसन होल्डर ( ४-०-२२-१ ) , अकेल होसेन ( ४-०-२४-१ ), ड्वेन ब्राभोले ( ४-०-३६-१ ) समान एक विकेट लिए।

टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १४२ रन बनाएको थियो। उसको लागि निकोलस पुरनले सर्वाधिक ४० रन तथा रोस्टन चेजले ३९ रन बनाए। पुरनले २२ बलमा १ चौका र ४ छक्का तथा चेजले ४६ बलमा २ चौका प्रहार गरे। कप्तान काईरन पोलार्डले १८ बलमा अविजित १४ रन तथा जेसन होल्डरले ५ बलमा अविजित १५ रन बनाए।

खराब सुरुवात गरेको वेस्टइन्डिजले ६२ रनमा ४ विकेट गुमाएको थियो। चेजले पुरनसंग पाँचौ विकेटकको लागि ५७ रनको साझेदारी गरे। पहिलो १४ ओभरमा ७०/४ को अवस्थामा रहेको वेस्टइन्डिजले अन्तिम ६ ओभरमा ३ विकेट गुमाएर ७२ रन बनायो। बंगलादेशको बलिंगमा मेहदी हसन ( ४-०-२७-२ ) , मुस्तफिजुर रहमान ( ४-०-४३-२ ) र शोरीफुल इश्लामले ( ४-०-२०-२ ) समान दुई विकेट लिए।

तिन वटै खेलमा हार पछि बंगलादेशको सेमीफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ भने वेस्टइन्डिजले सेमीफाइनल सम्भावना कायमै राखेको छ। वेस्टइन्डिजले आगामी खेल श्रीलंकासंग नोभेम्बर ४ तारिखमा तथा बंगलादेशले दक्षिण अफ्रीकासंग नोभेम्बर २ तारिखमा खेल्नेछ।

अंकतालिका 





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]