विश्वकप ट्रफी नेपाल ल्याइने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप २०२२ को ट्रफीको विश्वभ्रमण गर्ने भएको छ। सोहि अनुरुप नेपालमा समेत ट्रफी ल्याइने भएको छ।

आईसीसीले टि-ट्वान्टी विश्वकप २०२२ सुरु हुन १०० दिन बाँकी रहेको अवसरमा ट्रफी विश्वका ३५ स्थानमा टुर गराइने घोषणा गरेको छ।

नेपालसंगै फिजी, फिनल्याण्ड, पपुवा न्यु गिनी, जर्मनी, घाना, इन्डोनेसिया, जापान, स्कटल्याण्ड, जापान, नामिबिया, नेपाल, सिंगापुर र भानुआटुमा ट्रफी टुर गरिनेछ। खेललाई बिभिन्न देशमा पुर्याउने उद्देश्यका साथ ट्रफी टुर गर्न लागिएको हो।

टुरको सुरुवात अस्ट्रेलियाको मेलबर्नबाट आज गरिएको छ जसको अन्त्य जिलोंगमा हुने टि-२० विश्वकप २०२२ को श्रीलंका र नामिबिया बीचको खेलमा गरिनेछ।

नेपालमा अगस्ट ३० र ३१ तारिखमा ट्रफी ल्याइनेछ। काठमाडौँको कुन स्थानमा ट्रफी ल्याइनेछ भने खुलेको छैन।

यस अघि सन् २०१९ एकदिवसीय विश्वकपको ट्रफी पनि काठमाडौँ ल्याइएको थियो। त्यसबेला ट्रफी काठमाडौं र पोखरामा लागिएको थियो। स्वयम्भु, चन्द्रागिरी, बसन्तपुर दरबार स्क्वायर र राष्ट्रपति समक्ष ट्रफी लागिएको थियो।

२०१८ मा एकदिवसीय विश्वकप ट्रफी नेपाल ल्याउदाको तस्विरहरु 

 

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy