राजु रिजालको उत्कृस्ट इनिंगमा आर्मीद्वारा प्रदेश-२ लाई २७९ रनको लक्ष्य

Raju Rijal

प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र प्रदेश-२ प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदानमा जारि खेलमा टस जितेर प्रदेश-२ ले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७८ रनको योगफल तयार गरेको छ।

आर्मीको लागि ओपनिंग ब्याटिंग गरेका राजु रिजालले सर्वाधिक ९० रन बनाए। उनले १०९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर बिनोद भण्डारीले ६६ रन ( ६१ बलमा ९ चौका ) प्रहार गरे। छैठौं नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलले ४७, हरि बहादुर चौहानले २६ रन बनाए।

पहिलो विकेटको लागि राजु र बिनोदले २१ ओभरमा १२१ रनको साझेदारी गरेका थिए।

Binod Bhandari
Binod Bhandari ( File Photo )

प्रदेश -२ को लागि हरिशंकर शाहले सर्वाधिक ३ विकेट ( १०-१-५५-३ ) लिए। यस्तै राशिद खान ( ८-०-५८-१ ) , बिबेक यादब ( ७-०-३१-१ ) , संसाद शेख ( ८-०-४०-१ ) , बिशाल सुशलिंग ( ५-०-२४-१ ) ले १/१ विकेट लिए। स्कोरकार्ड 

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी छन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-३, प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।

( फिचर फोटो – राजु रिजाल , फाइल )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]