क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए

नेपाल क्रिकेट संघ ( क्यान ) ले वर्ष २०१९ मा केन्द्रिय अनुबन्ध ( Central Contract ) मा रहेका २२ जना राष्ट्रिय पुरुष क्रिकेटरलाई तलब वितरण गरेको छ। नेपाल क्रिकेट संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै खेलाडीहरुको तलब वितरण कार्य सकिएको जानकारी गराएको हो।

२०१९ जनवरी देखि डिसेम्बरसम्मको तलब वितरण गरिएको हो। पछिल्लो पटक राष्ट्रिय टिमका सदस्यहरुले २०१९ फेब्रुअरीमा तलब पाएपछि २० महिनासम्म तलब पाएका थिएनन्। क्यानलाई आईसीसीले गत महिना सम्पर्क गर्दै खेलाडीहरुको विवरण पठाउन बताएपछि क्यानले भदौ पहिलो साता खेलाडीहरुको सूची र अन्य विवरणहरु पठाएको थियो। २०२० को लागि भने अब क्यानले खेलाडीहरुको नयाँ वर्गीकरण गर्नेछ।

बढ्यो तलब 

यस अघि २०१९ फेब्रुअरीमा राष्ट्रिय क्रिकेटरहरुले एकै पटकमा २ वर्षको ( २०१७ र २०१८ ) तलब बुझेका थिए। पछिल्लो पटक आईसीसीले राष्ट्रिय खेलकुद परिषद मार्फत तलब पठाउदा ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीका खेलाडीहरुलाई मासिक रु. ३५ हजार, २५ हजार र १५ हजारको दर तोकिएको थियो। यो पटक खेलाडीहरुले तिन वटा ग्रेडमा १० हजार बढी अर्थात् ‘ए श्रेणीकाले ४५ हजार रुपैयाँ, ‘बि’ श्रेणीकाले ३५ हजार रुपैयाँ तथा ‘सी’ श्रेणीकाले २५ हजार रुपैयाँ पाएका छन्।

वार्षिक रुपमा १२ महिनाको गणना गर्ने हो भने ‘ए’ श्रेणीका खेलाडीहरुले कुल ५ लाख ४० हजार रुपैयाँ, ‘बि’ श्रेणीकाले कुल ४ लाख २० हजार रुपैयाँ तथा ‘सी’ श्रेणीकाले कुल ३ लाख रुपैयाँ प्राप्त गरेका छन्।

कुन श्रेणीमा को-को खेलाडी 

क्यानले २०१९ जनवरी देखि डिसेम्बरसम्म राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीहरुलाई समावेश गर्दै उनीहरुको प्रदर्शन तथा टिममा पाएको मौकाको आधारमा तिन श्रेणीमा वर्गीकरण गरेर तलब बितरण गरेको हो।

वर्गीकरण अनुसार ‘ए’ श्रेणीमा ८ जना, ‘बि’ श्रेणीमा ८ जना तथा ‘सी’ श्रेणीमा ६ जना खेलाडीहरु रहेका छन्।

‘ए’ श्रेणीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने र शरद भेसावकर रहेका छन्। बसन्त रेग्मी यो पटक ‘ए’ श्रेणीबाट ‘बि’ श्रेणीमा झरेका छन्। ‘बि’ श्रेणीमा बसन्त रेग्मीसंगै अविनाश बोहरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, आरिफ शेख, ललित राजबंशी र सुशन भारि रहेका छन्। यस्तै ‘सी’ श्रेणीमा इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र राशिद खान रहेका छन्।

कसले कति तलब पाए 

‘ए’ श्रेणी ( ४५ हजार मासिक , पाएको कूल रकम : रु. ५ लाख ४० हजार ) : ज्ञानेन्द्र मल्ल, पारस खड्का, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, सोमपाल कामि, करन केसी, सन्दिप लामिछाने र शरद भेसावकर

‘बि’ श्रेणी ( ३५ हजार मासिक, पाएको कूल रकम : रु. ४ लाख २० हजार ) : बसन्त रेग्मी, अविनाश बोहरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, आरिफ शेख, ललित राजबंशी र सुशन भारि

‘सी’ श्रेणी ( २५ हजार मासिक, पाएको कूल रकम : रु. ३ लाख ) : इशान पाण्डे, कुशल भुर्तेल, कुशल मल्ल, प्रदिप ऐरी, राजु रिजाल र राशिद खान

बसन्त रेग्मी ‘ए’ बाट ‘बि’ श्रेणीमा झरेका छन्

श्रेणीमा फेरबदल 

२०१९ को प्रदर्शन र नेपालको प्रतिनिधित्व गरेको आधारमा यो पटक खेलाडीहरुको श्रेणीमा फेरबदल भएको हो । सिनियर, प्रदर्शन र सबै फर्म्याटमा प्रतिनिधित्व गरेको आधारमा ए श्रेणीमा खेलाडीहरुलाई राख्ने गरिन्छ। बसन्त रेग्मीलाई २०१९ मा टि-२० क्रिकेटमा कम मौका दिईएको थियो। रेग्मीले त नेपालको लागि २०१९ जुलाईको सिंगापुर टुर पछि नेपालको लागि खेलेका छैनन् त्यसैले उनलाई ‘बि’ श्रेणीमा झारिएको छ।

अघिल्लो पटक ‘बि’ श्रेणीमा रहेका करन केसी तथा ‘सी’ श्रेणीमा रहेका बिनोद भण्डारी ‘ए’ श्रेणीमा उक्लिएका छन्। यस्तै सुशन भारि, अविनाश बोहरा, पवन सर्राफ, रोहित पौडेल, ललित राजबंशी, सन्दिप जोरा ‘बि’ श्रेणीमा रहेका छन्। अविनाश र जोरा पहिलो पटक अनुबन्धित भएका हुन्। २०१९ मा डेब्यु गरेका युवा खेलाडीहरु इशान पाण्डे, राशिद खान, कुशल मल्ल, राजु रिजाल, कुशल भुर्तेल ‘सी’ श्रेणीमा रहेका छन्। २०२० मा नेपालको लागि खेलेका भुवन कार्की, सुबास खकुरेल जस्ता खेलाडीहरुले अब क्यानले गर्ने नयाँ वर्गीकरणमा स्थान बनाउन सक्नेछन्।

यो पनि पढ्नुस :-

स्मिथले बताए वानडेमा को हुन् विश्वकै उत्कृस्ट ब्याट्सम्यान

CPL FINAL : ट्रिनबागोको तेश्रो उपाधि लक्ष्यमा सेन्ट लुसिया बन्ला बाधा

‘युएईको पिचमा हाई स्कोरिंग म्याच कम देख्न पाइनेछ’ भुवनेश्वर कुमार

‘बैंगलोर टिम २०१६ पछिको सबैभन्दा सन्तुलित’- कोहली

मलान टि२० वरियताको शिर्षमा





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]