पूर्व मुख्य प्रशिक्षक टमाटा सम्मानित

२०८१ असार २९, शुक्रबार १८:४१

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । टमाटालाई इलाइट मुभर्स एजुकेसन कन्सलटेन्सीले सम्मानित गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर आसिफ शेखलाई कन्सलटेन्सीले ब्रान्ड एम्बासडर नियुक्तीको लागि आयोजित एक कार्यक्रममा प्रशिक्षक टमाटालाई सम्मान गरिएको हो ।

कन्सलटेन्सीले कदरपत्र र दोसल्साका साथ टमाटालाई सम्मान गरेको हो । सम्मान पछि बोल्दै टमाटाले आफुलाई यस्ता सम्मानले आफ्नो कर्ममा आफुलाई सधै गर्व लाग्ने बताए ।

सम्मान सानो ठूलो भन्ने नहुने र आफ्ना लागि हरेक सम्मानले बराबर अर्थ राख्ने टमाटाले बताए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy