“त्यो १० सेकेन्डको समयमा मैले आफुलाई निकै बहादुर सम्झें” – इक्बाल

  • विकेटनेपाल, असोज १ 

श्रीलंका र बंगलादेश बीच एसिया कपको खेलमा बंगलादेशले १३७ रनको जित निकाल्दा पहिलो इनिंगमा तमिम इक्बालले २ रन मात्रै बनाए तर नाडी फ्र्याक्चर हुनुको बावजुत ब्याटिंग गर्न आएका उनले १ हातले ब्याटिंग गर्दै ममुश्फिकुर रहिमसंग ३२ रनको साझेदारी गर्दा बिश्व क्रिकेट इक्बालको सम्मानमा उभिएको छ।

खेल पछि इक्बालसंग क्रिकइन्फोले गरेको कुराकानीमा आधारित लेख :-  

आफ्नो चोटिल बायाँ हातलाई पछाडी लुकाएर तिब्र गतिका बलर सुरंगा लक्मललाई एक हातले खेल्नु तमिम इक्बलका लागि सहज थिएन। आईतवार युएईमा सुरु भएको एसिया कपको पहिलो खेलमा बंगलादेश र श्रीलंका बिचको खेलमा तमिम चोटील भएपछि मैदान बाहिरिएका थिए।

“जब बलर आफ्नो रन-अप लिंदै थिए, त्यो १० सेकेन्डको समयमा मैले आफुलाई निकै बहादुर सम्झें। मैदानमा रहेका समर्थकको आवाज सुनेर म उत्साहित भएको थिएँ। म आउट हुन सक्ने वा अरु केहि हुने सम्भावना धेरै थियो तर म त्यस समय मेरो टिम र देशका लागि लडिरहेको थिएँ।” तमिमले क्रिकइन्फोसंगको कुराकानीमा थपे-

“मलाई अहिले त्यो कुरा सम्झिंदा जोखिमपूर्ण काम गरे जस्तो लाग्छ। चोट लागेको हातलाई मैले लुकाउने प्रयास गरेको थिएँ तर मैले सट खेल्दै गर्दा मेरो हात अगाडी आएको थियो र यदि ब्याटले बललाई नछोएको भए बलले मेरो हातलाई लाग्ने थियो।”

बंगलादेशको इनिंगको दोस्रो ओभरमा सुरंगा लक्मलको बलले हातमा लागेपछि तमिमलाई अस्पताल लागिएको थियो। उनलाई अस्पतालबाट मैदानमा फर्काउँदा सायद कमैले सोचेका थिए कि उनी ब्याटिंग गर्न पुन: आउनेछन् भन्ने। अस्पतालको रिपोर्टका अनुसार उनको नाडी फ्र्याकचर भएको थियो र उनी एसिया कपबाट बाहिरिने निश्चित थियो।

तमिमले मैदानमा फर्किएर ड्रेसिंग रुम छिरेपछिको कुरा सम्झंदै भने, “मश्रफे भाईले जब मलाई तिमी ब्याटिंग गर्न जानुपर्छ भन्नु भयो तब मलाई लाग्यो वहाँ जिस्किनु भएको हो। सुरुवातमा निर्णय भएको थियोकि यदि म अन्तिम ओभरमा ब्याटिंग गर्न जानपरेमा नन-स्ट्राइकमा रहने छु।”

त्यसको लगत्तै बंगलादेशले महम्दुल्लाह, मश्रफे र मेहेदीको विकेट गुमाउन पुग्यो। लगातार विकेटको खस्न थालेपछि तमिम ब्याटिंगका लागि तयार हुँदैगर्दा ड्रेसिंग रुममा सबैजना हाँस्दै थिए।

“जब रुबेल (हुसेन) क्रिजमा थिए तब मैले प्याड लगाउन थालें। मश्रफे भाइले मेरो ग्लोब्समा औंला छिराउन दुलो पार्दिनुभयो। मेरो क्रिकेट करियरमा पहिलो पटक कसैले मलाई एब्ड़ोमेन गार्ड लगाईदिंदै थिए। मोमिनुल हक र अन्य खेलाडीहरुले मलाई प्याड लगाउन सहयोग गरे।”

जब मुस्ताफिजुर रहमान आउट भए तब ४७ औं ओभरमा अझै १ बल बाँकी थियो र अर्को छेउमा मुश्फिकुर रहिम ११२ रनमा अविजित थिए। त्यसैले तमिमले ओभरको अन्तिम बल खेल्नु पर्यो।

“जब मुस्तफिजुर आउट भए तब मलाई फेरी सबैले सोधे कि सांचै ब्याटिंग गर्न जाने हो त ? मसंग दोस्रो जवाफ थिएन र मैले हो भनें।”

तमिमले सोचेका थिए कि यदि उनी एक छेउबाट साथ दिंदा मात्र थप १० रन जोडिन्छ भने त्यो सहयोगी बन्नेछ। तमिम आफैंले पनि सोचेका थिएनन् कि मुस्फिकुरले उनीसँग ३२ रन थप जोड्नेछन् भनेर।

“मलाई एसिया कपमा राम्रो गर्ने ठूलो चाहना थियो तर मैले सोचे अनुरुप गर्न सकिन भन्ने सोच मेरो दिमागमा त्यो समय आएको थियो। यदि मैले १ बल एक हातले खेल्दा मेरो टोलीले १०-१५ रब थप जोड्छ भने किन म त्यति नगर्ने भन्ने सोच मेरो थियो। कसैले सोचेका थिएनन् कि मैले त्यो १ बल खेल्ने छु अर्को छेउबाट मुश्फिकुरले ३२ रन प्रहार गर्नेछन् भनेर। मुश्फिकुरले धेरै उत्कृस्ट ब्याटिंग गरे।”

जब आफ्नो एक हातमा व्याण्डेज लगाएर तमिम, बंगलादेश र मुश्फिकुरलाई सहयोग गर्न ब्याटिंग गर्न उत्रिंदै थिए त्यस समय उनले आफुले कस्तो प्रतिक्रिया पाउँछु भनेर सोचेका थिएनन्।

“मलाई लाग्दैन कि मैले जीवनमा यस्तो केहि भोगेको छु भनेर। मैले जुन किसिमको प्रतिक्रिया पाएको छु त्यस्तो केहि सोचेको थिइनँ। म मेरो देश र टोलीका लागि केहि गर्न चाहान्थें।”

बंगलादेश क्रिकेट बोर्डले जानकारी गराए अनुसार तमिमको स्थानमा अर्का खेलाडी प्रतिस्थापन गराउन तमिमको दोस्रो स्क्यान रिपोर्टको निर्णय कुर्नुपर्नेछ।

( लेख – ईएसपीएन क्रिकइन्फोबाट बिपुल भट्टराईद्वारा अनुवादित )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]