अष्ट्रेलियामा नेपाल टी-ट्वान्टी च्याम्पियनसिप हुने

काठमाडौं । अष्ट्रेलियामा रहेको नेप्लिज तास्मानिया स्पोर्टस एसोसियसनको आयोजनामा र तस्मनिया नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा नेपाल टी-ट्वान्टी अन्तर स्टेट च्याम्पियनसिप हुने भएको छ ।

यही मार्च २९ देखि ३१ सम्म सो प्रतियोगिता आयोजना हुने भएको हो । पेम ब्रेक ओभलमा आयोजना हुने सो च्याम्पियनसिपमा मेलवर्न, एडिलेट, तास्मानिया र क्यानवेरा चार वटा टिमले सहभागीता जनाउँदै छन् ।

च्याम्पियनसिपको विजेताले मेडल, ट्रफिसँगै २५०० अष्ट्रेलियन डलर पाउने छ । दोस्रो हुने टोलीले १००० अस्ट्रेलियन डलर प्राप्त गर्ने छ ।

प्रतियोगिताको उत्कृष्ट बलर, ब्याट्सम्यान तथा विकेट किपरलाई ट्रफि र मेडल प्रदान गरिने आयोजकले बताएका छन् ।

आयोजकका अनुसार म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]