अष्ट्रेलियामा नेपाल टी-ट्वान्टी च्याम्पियनसिप हुने

२०८० माघ १४, आईतवार २०:४४

काठमाडौं । अष्ट्रेलियामा रहेको नेप्लिज तास्मानिया स्पोर्टस एसोसियसनको आयोजनामा र तस्मनिया नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा नेपाल टी-ट्वान्टी अन्तर स्टेट च्याम्पियनसिप हुने भएको छ ।

यही मार्च २९ देखि ३१ सम्म सो प्रतियोगिता आयोजना हुने भएको हो । पेम ब्रेक ओभलमा आयोजना हुने सो च्याम्पियनसिपमा मेलवर्न, एडिलेट, तास्मानिया र क्यानवेरा चार वटा टिमले सहभागीता जनाउँदै छन् ।

च्याम्पियनसिपको विजेताले मेडल, ट्रफिसँगै २५०० अष्ट्रेलियन डलर पाउने छ । दोस्रो हुने टोलीले १००० अस्ट्रेलियन डलर प्राप्त गर्ने छ ।

प्रतियोगिताको उत्कृष्ट बलर, ब्याट्सम्यान तथा विकेट किपरलाई ट्रफि र मेडल प्रदान गरिने आयोजकले बताएका छन् ।

आयोजकका अनुसार म्यान अफ द म्याचलाई ट्रफि प्रदान गरिनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy