कैलाली प्रिमियर लिगको तयारी पूरा

फाल्गुन ०६,धनगढी

तेश्रो संस्करणको कैलाली प्रिमियर लिग को तयारी पूरा भएको छ । आयोजक जिल्ला क्रिकेट संघ कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको लागि आवश्यक मैदान निर्माणको कामदेखि लिएर अतिथि निमन्त्रणा दिने र प्राविधिक गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

फाल्गुन ७ गतेबाट सुरु हुँदै फाल्गुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा सुदूरपश्चिम प्रदेश भरीका १२ वटा नगरपालिकाका टिमले सहभागीता जनाउँदैछन । प्रतियोगीताको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएले रहेको र अन्य विभिन्न संघ संस्थाहरुले सहयोग गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टले बताए ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । पहिलो संस्करण कैलालीको टिकापुर नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।

तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ ।

प्रतियोगीताको उद्घाटन खेलमा गोदावरी नगरपालिकाको टिम र शुक्लाफाँटा नगरपालिकाको टिम भिड्नेछन भने त्यसैदिन घोडाघोडी नगरपालिका र पुर्नवास नगरपालिका बी खेल्दैछन । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]