टेलरको विस्फोटक शतकमा अफगानिस्तानको ठुलो हार

  • विकेटनेपाल – २९ माघ, सोमबार 

जिम्बावे र अफगानिस्तान बीच जारि एक दिवसीय क्रिकेट शृंखलामा जिम्बावेले पुनरागमन गरेको छ। आईतवार सम्पन्न दोस्रो एक दिवसीयमा बलियो प्रतिस्पर्धी अफगानिस्तानलाई १५४ रनको बिशाल अन्तरले हराएपछी ५ खेलको सिरिज १-१ को स्थितिमा पुगेको छ।

पहिलो एकदिवसीयमा अफगानिस्तानले जिम्बाबेलाई १५४ रनलेनै पराजित गरेको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा यो अफगानिस्तानको दोश्रो ठुलो हार हो।

टस जित्दै पहिले ब्याटिंग गर्न उत्रिएको जिम्बावेले उत्कृस्ट ब्याटिंग गर्यो। निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदा जिम्बावेले ३३३ रन जोडेको थियो।

ब्रेनड्न टेलरको शतक

सन् २०१५ को आईसीसी एक दिवसीय विश्वकप पछि जिम्बाबे रास्ट्रिय टिम छोडेका टेलर, गत बर्ष सेप्टेम्बर पछि पुनः जिम्बाबे टोलिमा फर्किएका थिए। अफगानिस्तानबिरुद्ध शतक बनाउनु अघि टेलरले अन्तिम पटक सन् २०१५ को एक दिवसीय विश्वकपमा भारतसंगको खेलमा शतक बनाएका थिए।

अफगानिस्तान बिरुद्धको दोस्रो एक दिवसीयमा शतक बनाउने क्रममा टेलरले १२५ रन जोडे। राशिद खानको बलमा बोल्ड हुनअघि टेलरले १२१ बल खेले। उनको इनिंगमा ५ चौका र ८ छक्का सामेल थियो।

टोलिको खातामा १० रन हुँदा पहिलो विकेट (सोलोमोन मईर ९) झरेपछि क्रिजमा उत्रिएका टेलरले जिम्बाबेको ब्याटिंग सम्हालेका थिए। दोस्रो विकेटका लागि ह्यामिल्टन मसाकाड्जासंग ८५ रनको साझेदारी गर्दा जिम्बावेले ठुलो स्कोर जोड्न आधार पाएको थियो।

यस्तै जिम्बावेको ब्याटिंगमा सिकन्दर राजाले पनि उत्कृस्ट प्रदर्शन गरेका थिए। उनले ७४ बलमा ९२ रनको इनिंग खेले।

सिकन्दर राजा

अफगानिस्तानको कमजोर ब्याटिंग 

३३४ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रिएको अफगानिस्तानले ३०.१ ओभरमा अल आउट हुँदा १७९ रन मात्र बनाउन सक्यो र नतिजा १५४ रनले जिम्बावेको पक्षमा सुम्पिन बाध्य भयो।

१० नम्बरमा ब्याटिंग गर्न आएका दौलत जद्रानले ४७ रन जोडेपनि त्यो जितका लागि पर्याप्त भएन। मात्र २९ बलमा जद्रानले २ चौका र ६ छक्का प्रहार गरेका थिए। यस्तै रहमत साहले ४३ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुको प्रदर्शन् सम्झन लायक रहेन।

जिम्बावेलाई ठुलो जित दिलाउने क्रममा कप्तान ग्रिम क्रिमरले ४ विकेट चट्काए। आफ्नो ५.१ ओभरको लेग स्पिन बलिंगमा क्रिमरले ४१ रन खर्चेर ४ विकेट निकाले। यस्तै टेन्दाई चताराले ३ र ब्लेसिंग मुजर्बानीले २ विकेट हात पार्न सफल भए।

यी दुई टोलि बिचको ५ एकदिवसीयको शृंखला अन्तर्गत तेस्रो एक दिवसीय खेल मंगलवार हुँदैछ। यसअघि सम्पन्न टि-२० शृंखलामा अफगानिस्तानले २-० ले बाजी मारेको थियो।

टेन्दाई चतारा

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]