न्युजिल्यान्डको रोमान्चक जितमा टेलर र स्यांटनर नायक

  • विकेटनेपाल – १२ फाल्गुन, आइतवार

न्युजील्याण्ड र इंग्ल्याण्ड बीच आइतवारबाट सुरुभएको एक दिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा न्युजील्याण्डले ३ विकेटको रोमान्चक जित हात पारेको छ। घरेलु टोलिलाई जित दिलाउन रस टेलरले उत्कृस्ट ब्याटिंग गर्दै शतक बनाए।

पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको २८५ रनको लक्ष्यको पिछा गर्न मैदान उत्रिएको न्युजील्याण्डले खराव सुरुवात गर्यो। मात्र २७ रन जोड्न पहिलो ३ विकेट गुमाएको किवी टोलिलाई सम्हाल्न रस टेलर र टम ल्याथमले चौथो विकेटका लागि १७८ रनको बिशाल साझेदारी गरे। ८४ बल खेल्दै ६ चौका सहित ल्याथमले ७९ रन जोड्दा एक दिवसीय क्रिकेटमा पुनरागमन गरिरहेका बेन स्टोक्सको शिकार बने।

Tom Latham

रस टेलरको शतक

२८५ रनको चेजमा खराव सुरुवात गरेको घरेलु टोलि न्युजील्याण्डको इनिंगलाई उकास्ने क्रममा रस टेलरले शतक बनाए। एक दिवसीय क्यारियरको १८ औं शतक जोड्ने क्रममा टेलरले ११६ बलमा ११३ रनको म्याच जिताउ पारि खेले। उनको इनिंगमा १२ चौका सामेल थियो।

यससंगै टेलर एक दिवसीय क्रिकेटमा न्युजील्याण्डका लागि ७ हजार रन बनाउने तेस्रो ब्याट्सम्यान समेत बनेका छन्। टेलरको नाममा एक दिवसीय क्रिकेटमा ७,०७६ रन रहेको छ। यसअघि स्टेफिन फ्लेमिन्ग (८,००७) र एनजे एस्टले (७,०९०) ले मात्र एक दिवसीय क्रिकेटमा न्युजिल्याण्डका लागि ७ हजार रन बनाएका थिए।

इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स र बेन स्टोक्सले समान २-२ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।

Ben Stokes

यसअघि पहिले ब्याटिंग गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८४ रनको योगफल तयार गरेको थियो। उसको इनिंगमा जस् बट्लरले सर्वाधिक ७९ तथा जो रुटले ७१ रनको व्यक्तिगत योगदान गरेका थिए। मात्र ६५ बल खेलेका बट्लरले ५ चौका र समान छक्का सहित ७९ रन जोड्न भ्याए। यस्तै रुटले भने ७५ बल खेल्दा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

घरेलु टोलिको बलिंगमा ट्रेन्ट बोल्ट, मिचल स्यांटनर र इश सोढ़ीले समान २-२ विकेट लिएका थिए। दुई टोलि बिचको दोस्रो एक दिवसीय खेल आगामी बुधवार हुँदै छ।

( फोटो – आईसीसी )





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]